Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुर्खेतमा इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु

सोमबार, असार ३, २०८१

काठमाडौँ- इनार सफा गर्ने क्रममा सुर्खेतमा दुई जनाको मृत्यु भएको छ ।

सोमबार वीरेन्द्रनगर नगरपालिका-११, पिपिरामा इनार सफा गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

मृत्यु हुनेमा वीरेन्द्रनगर ११ पिपिराका ३२ वर्षीय विद्याप्रसाद रेग्मी र सोही ठाउँका ३१ वर्षीया लक्ष्मी कँडेल रहेको जिल्ला प्रहरीले जनाएको छ ।  

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १९:२८
प्रतिक्रिया दिनुहोस्