Nic Ad Nic Ad
Nic Ad Nic Ad

रघुजी पन्तको प्रश्न- संसद्का कर्मचारीले ओभरटाइमको सेवा सुविधा किन नपाउने ?

मंगलबार, असार ४, २०८१

काठमाडौँ- नेकपा एमालेका सांसद रघुजी पन्तले संसद सचिवालयका कर्मचारीले ओभरटाइम काम गरेको सेवा सुविधा कानूनअनुसार पाउनुपर्ने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सभामुखलाई सहयोग गर्नुपर्ने कर्मचारी बाहिर धर्नामा बस्नु सुखद् नभएको बताए ।

samridhi jewllers

उनले भने, ‘संसद्का कर्मचारीले कोभिडपछिको कुनै पनि भत्ता पाउनुभएको छैन । उहाँहरूले ओभरटाइम काम गरेको भत्ता अहिले पनि नपाउने भन्ने त अन्याय हो नि ! अर्थ मन्त्रालय र अन्तका कर्मचारीले पाउने, अनि संसद्का कर्मचारीले चाहिँ किन नपाउने ? आज यहाँ देखिरहेका छौँ सभामुखलाई सहयोग गर्न बस्ने कर्मचारीहरू हुनुहुन्न । उहाँहरू बाहिर धर्नामा हुनुहुन्छ । संसदमा यो दृश्य उपस्थित हुनु आफैँमा दुखद् कुरा हो ।’

उनले सांसदहरूका लागि संसदमा ल्याइने पत्रिका समेत कटौती भएको बताए ।

उनले थपे, ‘बाहिर सांसदहरूलाई पढ्न भनेर जतिपनि अखबारहरू राखिन्थ्यो, अहिले त्यो पनि कटौती भएको छ । के हाम्रो मुलुकको आर्थिक अवस्था त्यति कमजोर भएको हो ? सांसदहरूलाई दिने पत्रिकापनि कटौती गर्ने अवस्थामा पुगेको हो र ?’

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १२:१९
प्रतिक्रिया दिनुहोस्