शेखर कोइरालाभन्दा जीवन आचार्यको बढ्यो ‘चार्म’, यस्तो छ मोरङमा बजेटको चाङ
बिराटनगर– केन्द्रीय राजनीतिमा सक्रिय रहेका नेपाली कांग्रेसका नेता शेखर कोइरालाभन्दा माओवादीका प्रदेश सांसद जीवन आचार्यको प्रभाव बलियो देखिएको छ।
आर्थिक बर्ष २०८१–८२ को बजेटमा कोइरालाको भन्दा आचार्यको पहलमा मोरङमा बजेटको चाङ थुप्रिएको छ। यसैकारण कोइराला रुष्ट बनेको बताइन्छ।
कोइराला र आचार्यको निर्वाचन क्षेत्र एउटै हो। आचार्य प्रदेश सांसद मात्र हुन्। उनी कोशी प्रदेश सभाका सदस्य हुन् भने पूर्वमन्त्री पनि हुन्।
उनको पहलमा मोरङ जिल्ला पूर्वाञ्चल विश्व विद्यालय, सुन्दरहरैचा न.पा. ८, गोठ गाउँमा ३०० बेड अस्पताल, मेडिकल साइन्स पूर्वाधार निर्माणका लागि १६ करोड ४१ लाख बजेट पुगेको छ।
यसरी नै बिराटनगर म.न.पा. चक्रपथ निर्माण (बुढीगंगा गोकुवा देखि बिराटनगर–जहदा–कटहरी–ग्रामथाम सम्म), ८ करोड, थारु संग्रहालयको भवन निर्माण बुढीगंगा गा.पा. २ मोरङ, ५० लाख, टंकी चौक सडकमा वाइपास – अमाही सडक स्तरोन्रती बुढीगंगा गा.पा. २ मोरङ , १ करोड आचार्यको पहलमा बजेट छुट्याइएको छ।
खेल मैदान निर्माण बुढीगंगा गा.पा.६ मोरङ, २५ लाख, बुढीगंगा ढल निर्माण, बुढीगंगा गा.पा, मोरङ ५० लाख, टंकीसिनुवारी सहलगानी खानेपानी तथा सरसफाई आयोजना मोरङ, ३६ लाख, बुढीगंगा गा.पा. ६ ऐलानपुर झोलुङ्गे पुल, पूर्व मोरङ (सडक पुल) रु. ५० लाख ३० हजार रकम बिनियोजन गराउन आचार्य सफल भए। जुन क्षेत्र कोइरालाको पनि हो।
यस्तै, मदाहा खोला पक्की पुल, सुन्दरहरैचा न.पा. २ मोरङ (सडक पुल) ५० लाख, बृन्दावन गौशालामा नदी नियन्त्रण सुन्दरहरैचा न.पा. ५, मोरङ, १८ लाख, बिराटनगर म.न.पा. ४ अन्तर्गत बस्ता पैनी देखि इक्राही हुँदै केशलिया खोला सम्मको सडक स्तरोन्रतीका निम्ति १२ लाख, अमाही चोक पश्चिम तिताडी रामजानकी मंन्दिर सडक स्तरोन्रती १ करोड रकम आचार्यको पहलमा नै रातो किताबमा परेको छ।
डंग्राहाको ग्रामस्थान कमलपुर जिम्दार टोल तिलाठी गुडगुडी सडक स्तरोन्रतीमा १ करोड, नेमुवा चौकबाट गाउँपालिका सडक निर्माणमा १ करोड, रामजानकी मंन्दिर हुँदै डंग्राहा, कमलपुर, आदिवासी चौक, मझुवा सडक स्तरोन्रतीका लागि १ करोड पनि आचार्यको पहलमा बजेटमा राखिएको छ।
बुढीगंगा गा.पा. ३ र ४ को सीमान देखि मुढेरी सरदार टोल सडक निर्माणमा १ करोड, बुढीगंगा गा.पा. ७ बजरंगवलीदेखि खनार जाने कोशी नहर सडक स्तरोन्रतीमा निम्ति १ करोड, बुढीगंगा गा.पा. १ टंकीसिनवारी चोक देखि सशस्त्र क्याम्प जाने बाटो सडक निर्माणलाई १ करोड रकम आचार्यले रातो किताबमा राख्ने सफलता पाएका हुन्।
बिराटनगर म.न.पा. ४, त्रिलोक मार्गबाट शहीद मार्ग हदै बुढीगंगा गा.पा. २ स्वास्थ चोकीसम्म जाने सडक स्तरोन्रतीका लागि २ करोड २० लाख, रामजानकी मन्दिरदेखि दक्षिण नहरसम्म नाला निर्माण तथा बाटो कालो पत्रे बुढीगंगा गा.पा. ५ मोरङमा १ करोड, मोरङ जिल्ला बिराटनगर म.न.पा. ४ इक्राही चोकदेखि दक्षिण राममन्दिर हुँदै दंक्षिण यादव टोल सम्म दुवै तर्फ नाला सहित सडक स्तरोन्रती, ५० लाख, मोरङ जिल्ला बिराटनग म.न.पा. ४ राजबंशी टोल–सगरमाथा टोल – जोलाटोल रिङ रोड– अमाही जोड्ने सगरमाथा मार्ग सडक स्तरोन्रतीका निम्ति ५० लाख रातो किताबमा पार्न आचार्य सफल भए।
प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए पनि कोइरालाभन्दा प्रभावी रुपमा आचार्यले बजेट पार्ने सफलता हात पारेका छन्।
यहि क्रममा मोरङ जिल्ला सुन्दरहरैचा ५ नयाँ बृन्दावन गौशाला ज्येष्ठ नागरिक धर्मशाला निर्माणमा ३० लाख, गछिया खोला झोलुङ्गे पुल बृन्दावन गौशालाका निम्ति १० लाख, मोरङ जिल्ला बुढीगंगा गाउँपालिका वडा नं ३ स्थित गोकुवा नहरचोक पूर्व खद्रा सम्मको सडक स्तरोन्रतीका निम्ति ५० लाख बजेट आचार्यको पहलमा पुगेको छ।
बाँसवारी चोक देखि मिलन चोक हुँदै टंकीसिनवारी जाने सडक निर्माणमा १ करोड, सुन्दरहरैचा न.पा. २, करैवना चोक, हरैचा बजार, चाँदनी चोक हुदै जाने सडक स्तरोन्रती, २ करोड २० लाख ५० हजार, नहरपथ कालो पत्रे बिराटनगर ४ मोरङका निम्ति ३० लाख, मोरङ जिल्ला बिराटनगर ४ इक्राई चोक देखि केशलिया पुल सम्मको सडक कालो पत्रे, १ करोड रकम आचार्यले रातो किताबमा परेका छन्।
बुढीगंगा गा.पा. २ मोरङ को बाईपास छेउ अमाही जाने बाटोमा मोटरेवल पुलका निम्ति ८५ लाख, मोरङ जिल्ला बिराटनगर म.न.पा– ४, खार्जी बिन्ध्यवासिनी पंचायन मन्दिर क्षेत्रमा पुर्वाधार निर्माणमा ५० लाख, गछिया–लोचनी–शेषनारायण दिव्यधाम सडक स्तरोन्रती सुन्दरहरैचा न.पा. ३, मा २ कारोड २० लाख ५० हजार, गछिया खानेपानी आयोजना ,सुन्दरहरैचा न.पाका निम्ति २० लाख रकम बिनियोजनमा आचार्यको योगदान रहेको छ।
सुन्दरपुर खानेपानी आयोजना सुन्दरहरैचा न.पा. ५, मोरङ, रु. १७ लाख, स्कुलडाडा खानेपानि ट्यांकी टोल झोलुङगे पुल गछिया खोला सुन्दरहरैचा न.पा. ६ र ७ जोड्नका लागि १० लाख, मिर्गाैलिया खानेपानी तथा सरसफाई योजना सुन्दरहरैचा न.पा. २ का लागि १५ लाख, सुरक्षित नागरिक आवास कार्यक्रम ः– मोरङ जिल्ला क्षेत्र नं. ६ अन्तर्गत सुन्दरहरैंचा न.पा.वडा नं. २,३,४,५,६,७ मा– ३२९ वटा घरका निम्ति ११ लाख २८ हजार रकम रातो किताबमा पारिएको छ।
आचार्यले ३७ वटा निम्ति ठूलो रकम बजेट बिनियोजन गराउँदा केन्द्रीय राजनीतिमा नै धक्का लाग्ने कोइरालाको बुझाईका कारण उनी रुष्ट भएको मानिन्छ।
आचार्य चुनावी राजनीतिमा आएको १० बर्षमा नै यति प्रभावी बनेको देखेपछि कोइराला बिरासतको मोरङको राजनीतिमा निक्कै असर गर्ने स्पष्ट छ।
आचार्य जनतामाझ लोकप्रिय हुने र आगामी प्रतिनिधि सभा सदस्य नै जित्नेगरी गरेको पहलले कोइराला रुष्ट बनेको बताइन्छ। आचार्य माओवादीका केन्द्रीय सदस्य मात्र हुन् भने कोइराला कांग्रेसभित्रकै प्रतिपक्षी अर्थात् गत महाधिवेशनका सभापतिका उम्मेदवार थिए तर पराजित भए।