सत्ता गठबन्धनका शीर्ष नेता र मन्त्रीको जिल्लामा मात्रै बजेट खन्याए : सांसद सिंह
काठमाडौँ- राप्रपाका सांसद दीपकबहादुर सिंहले बजेटमा सत्तापक्षकै सांसदहरूले विरोध गरेकोप्रति कटाक्ष गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै बजेट सत्ता गठबन्धनका शीर्ष नेताहरू र मन्त्रीहरूको जिल्लामा मात्रै खन्याएको दाबी गरे । उनले भने, ‘बजेटको बारेमा सरकार बनाउने ठूलो पार्टी पनि विरोधमा छ । रविजीको पार्टी राजीनामाको मिति लेख्नबाहेक खल्तीमा बोकेर हिँडेको आइरहेको छ ? यो कस्तो बजेट रु योभन्दा पहिलाको सरकारले ४ वटा जिल्लामा ३५ प्रतिशत बजेट हालेको थियो । अहिलेको सरकारले नेताहरूको मात्रै होइन मन्त्रीहरूले पनि पुग्दो मात्रामा हालेको छ ।’
प्रकाशित मिति: मंगलबार, असार ४, २०८१ १३:०२
प्रतिक्रिया दिनुहोस्