ओली र मन्त्रीहरूको जिल्लामा बजेटको बाढी आएको डा. सिंहको दाबी
काठमाडौँ- स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह बजेट प्रधानमन्त्री र सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको जिल्लामा केन्द्रित गराएको भन्दै आपत्ति जनाएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री, एमालेका अध्यक्ष ओली र मन्त्रीहरूको जिल्लामा बजेटको बाढी आएको उनले दाबी गरेका छन् । सिंहले भने भने, ‘मन्त्री र प्रधानमन्त्रीको बजेट सिस्टम हुन्छ भने सभामुखबाट रुलिङको माग गर्छु अर्को वर्ष बजेट संसदमा प्रस्तुत नगरियोस्, पास नगरियोस् । त्यही क्याबिनेटले पास गरोस् । प्रधानमन्त्रीको लागि रुलिङ भएन भने बजेटको बहिष्कार गर्छु, भोटिङको दिन बहिष्कार गर्छु ।’
प्रकाशित मिति: मंगलबार, असार ४, २०८१ १३:२२
प्रतिक्रिया दिनुहोस्