Nic Ad Nic Ad
Nic Ad Nic Ad

भ्रष्टाचार विरोधी अभियन्ताको नाममा ठगी गर्ने ४ जना पक्राउ

मंगलबार, असार ४, २०८१
samridhi jewllers

काठमाडौँ- भ्रष्टाचारविरुद्धको अभियन्ताका नाममा ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा काठमाडौँको गोकर्णेश्वर नगरपालिका-६ का ३१ वर्षीय राजु सुनार, गोकर्णेश्वर-८ का २६ वर्षीय आदर्श क्षेत्री, गोकर्णेश्वर-१ कि २० वर्षीया अस्मिता खत्री र गोकर्णेश्वर-२ का ४५ वर्षीय प्रेमप्रसाद श्रेष्ठ छन् । उनीहरूलाई प्रहरी वृत्त बौद्धको टोलीले पक्राउ गरेका हो । उनीहरूले आफूहरू भ्रष्टाचार विरोधी अभियन्ता भन्दै ‘बेथिति एवं भ्रष्टाचारविरुद्धको अभियान २०८०’ नामको संस्थाका नाममा ठगी गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

वडाहरूमा समेत संस्थाको शाखा विस्तारको गरेको भन्दै उनीहरूले सरकारी कार्यालय, स्थानीय निकाय, विद्यालय, संघसंस्था, कम्पनीहरूमा गएर भ्रष्टाचारको छानबिन गर्न आएको भनेर धम्क्याई रकम असुल्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १३:५२
प्रतिक्रिया दिनुहोस्