संसद् सचिवालयका कर्मचारीले गरे महासचिवको कार्यकक्ष घेराउ
काठमाडौँ- संघीय संसद् सचिवालयका कर्मचारीहरूले संसद्का महासचिवको कार्यकक्ष घेराउ गर्दै विरोध गरेका छन् ।
संसद् भवन नयाँ वानेश्वरस्थित संसद् महासचिव पद्मप्रसाद पाण्डेको कार्यकक्ष घेराउ गर्दै उनीले संसदमा अतिरिक्त समयमा काम गरेबापतको सेवा सुविधा व्यवस्था गर्न माग गरेका हुन् ।
कर्मचारीहरूले आन्दोलनका क्रममा हातमा कालो पट्टीसमेत बाँधेर विरोध जनाएका थिए । उनीहरूले संसद्मा कार्यालय समयबाहेक अतिरिक्त समयमा काम गरेको भत्तालगायत सेवा सुविधाहरू थप गर्न माग गर्दै उनीहरूले बिहान १० बजेदेखि ११ बजेसम्म धर्ना दिएका हुन् ।
संसद सचिवालयका कर्मचारी युनियनले साँझ ५ बजेसम्मको सयमय कुर्ने र माग पूरा नगरे बुधबारबाट १० देखि १२ बजेसम्म आन्दोलन गर्ने चेतावनी दिएको छ ।संसद सचिवालयका कर्मचारीहरू ११ बुँदे मागसहित आन्दोलनमा छन् ।
प्रकाशित मिति: मंगलबार, असार ४, २०८१ १४:१०
प्रतिक्रिया दिनुहोस्