Nic Ad Nic Ad
Nic Ad Nic Ad

सहकारी ठगी छानबिनको संसदीय समिति सक्रिय, कस–कसलाई बोलाउला?

मंगलबार, असार ४, २०८१

काठमाडौं– सहकारी ठगी छानबिनका लागि गठित संसदीय समिति मंगलबारबाट सक्रिय बनेको छ। 

आइतबार कार्यविधि पास गरेको समितिले काम थालेको छ। उसले समस्याग्रस्त सहकारीको अवस्था, यसका सञ्चालकलगायतसँग सोधपुछ गर्नेछ। 
यसबाहेक प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गरेको अनुसन्धानलाई पनि समितिले अध्ययन गर्नेछ। 

समितिमा एमाले सांसद  सूर्य थापा, सरिता भुसाल, कांग्रेसकी ईश्वरी न्यौपाने र बद्री पाण्डे, माओवादी केन्द्रका लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल र राष्ट्रि प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधान छन्।

पोखराको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम, चितवनको सहारालगायतका सहकारीमा भएको घोटालाका विषयमा नेपाली कांग्रेसले समितिको माग गरेपछि गठन गरिएको थियो। 

खासगरी उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको ठगी प्रकरणमा नाम जोडिएपछि कांग्रेसले सदन अबरोध गरी दबाबपूर्ण हिसाबले समिति गठनमा बाध्य पारेको थियो। 

उच्च स्रोतका अनुसार समितिले यसमा नाम मुछिएका, पक्राउ परेका, पक्राउ गर्न बाँकीलाई किन सकिएन भन्ने विषयमा सोधीखोजी गर्नेछ।
 

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १४:१९
प्रतिक्रिया दिनुहोस्