Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपालको गुप्तचर विभाग, सूचना संकलनमा ‘लौरो न हतियार’

मंगलबार, असार ४, २०८१

काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री रहेका बेला आफू मातहत लगेको राष्ट्रिय अनुसन्धान विभाग सूचना संकलनमा लौर न हतियार जस्तो बनेको छ। एउटा खास गुप्तचरी निकाय प्रभावकारी हुनुपर्नेमा नेपाली सेना, नेपाल प्रहरीका विभिन्न निकाय र सशस्त्र प्रहरीको भन्दा पनि कमजोर स्थितिमा रहेको आँकलन गरिएको छ। 

अन्तर्राष्ट्रिय क्षेत्रमा पनि क्षमता विकास र विस्तार गर्नेगरी विधयेक तयार पारी तत्कालिन प्रधानमन्त्री ओलीले उक्त विभागलाई आफूमाथाहत राखेका थिए। यसको कार्यक्षेत्र अन्तरदेशीय बनाउने प्रस्ताव पनि आएको थियो। तर, क्षमता विकासमा नै अग्रसरता नरहेको विभागलाई बलियो बनाउनेमा सरकारले ध्यान दिन सकेको छैन। 

गृह मन्त्रालय अन्तरर्गत रहेको राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत लगे पनि गुप्तचरीमा कुनै प्रभावकारिता छाड्न नसकेको बताइन्छ। 

उच्च स्रोतका अनुसार सूचनाको भरपर्दो स्रोत नै दिन नसक्ने प्रकारको संयन्त्र कतिपय पत्रकार, राजनीतिकर्मीसँग के हुँदैछ भन्ने पनि भैसकेपछि सूचना लिने गर्दछ, अन्तरदेशीय र अन्तर्राष्ट्रिय विषयमा त खासै प्रभावकारी छैन। 

यदि यो निकाय प्रभावकारी बनेको भए अहिले फरार रहेका कतिपय ठूला काण्डका विषयमा सरकारलाई जानकारी दिएर मद्दत गर्न सक्दथ्यो। 

दक्षिण एसीयामा भारतको रिसर्च एन्ड एनलाइसीस विङ्स (रअ) र पाकिस्तानको इन्टर सर्भिस इन्टेलिजेन्स (आईएसआई)को क्षमता र प्रभावका आधारमा मुलुकको राष्ट्रिय सुरक्षाको रणनीति बन्ने गरेको छ। ती संस्थाले छिमेकमा हुने राजनीतिक उथुलपुथुलमा पनि बलियो सूचना कायम गर्छन्।

अमेरिकाको फेडरल ब्युरो अफ इन्टेलिजेन्स (एफबीआई, सेन्ट्रल इन्टेलिजेन्स ब्युरो (सीआइए) निक्कै प्रभावकारी काम गर्नेमा पर्छन्। 

तिनको प्रभाव देशभित्र मात्र नभई देश बाहिरसम्म पनि विस्तार गरिएका छन्। आन्तरिक रुपमा पनि रअ र आईएसआईका कर्मचारी उनैको मुलुकका विभिन्न सर्भिसमा रहेर रणनीति बनाउन पनि योग्य र प्रभावकारी रहेका छन्।

गुप्तचरी निकायलाई प्रभावकारी अनुसन्धानमा भन्दा पनि राजनीतिक दल, गृहमन्त्रीका मान्छेको भर्ती केन्द्र बनाएका कारण निष्प्रभावि बनेको कतिपय सुरक्षा विज्ञले बताउने गरेका छन्। 

राष्ट्रिय अनुसन्धान विभागले नेपालका अन्य सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग पनि उत्कृष्ट समन्वय गर्न नसकेको अधिकारीहरू बताउँछन्।

नेपाल प्रहरीमा त प्रतिआतंकवादलाई नजर गरी विशेष व्युरो गठन भएको छ भने आन्तरिक तथा बाह्य अपराधका विषयमा जानकारी राख्ने केन्द्रीय अनुसन्धान व्युरो सक्रिय छ। यस्तै, अन्तर्राष्ट्रिय अपराधसम्मको जालोलाई भत्काउन सक्ने उपत्यका अपराध महाशाखा पनि प्रहरीको एउटा प्रभावशाली अंग हो।

प्रहरीमा राजनीतिक हस्तक्षेप भए पनि यी निकाय निक्कै प्रभावकारी रुपमा अहिले पनि काम गरिरहेका छन्।
 

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १५:२५
प्रतिक्रिया दिनुहोस्