Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘मायाका रंगहरु’मा भिड्दै मनिष र पल ?

मंगलबार, असार ४, २०८१

काठमाडौं । ‘प्रेम गीत ३’ फेम्ड अभिनेता मनिष राउत र अभिनेता पल शाह एकैसाथ आगामी फिल्म ‘मायाका रंगहरु’मा देखिँदैछन् । यो एक्सन-लभ ड्रामा फिल्ममा अभिनेता राउत र शाहले पहिलोपटक स्क्रिन सेयर गर्न लागेका हुन् ।

फिल्ममा दुई कलाकारको पात्र बारे खुलाइएको छैन । यसअघि ‘प्रेम गीत ३’मा भिलेनको भूमिकामा देखिएका अभिनेता राउत फिल्म ‘मायाका रंगहरु’मा पनि भिलेनको भूमिकामा देखिने अनुमान गरिएको छ । केवल तामाङको निर्देशन रहने फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ ।

यो फिल्ममा यसअघि सिक्किमका चर्चित हास्य कलाकार पदम तामाङ, बुद्धि तामाङ र सुनिल थापा अनुबन्धित भइसकेका छन् । फिल्मका लागि निर्देशक तामाङले नायिकाको खोजी गरिरहेका छन् ।

प्रमिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन काठमाडौं र इलामसँगै भारतको दार्जिलिङमा गरिने जनाइएको छ । पुनम तामाङको प्रस्तुतिमा बन्ने फिल्मको निर्माता आरबी थाङ्देन हुन् भने फिल्मका सहनिर्माता जनिश न्यौपाने र दीपेन्द्र चिलवाल हुन् ।

फिल्मको हेड अफ प्रोडक्सन तथा लाइन प्रोडुसरमा सिक्किमबाट टीकाराम अधिकारी, दार्जिलिङबाट सुवास क्षेत्री हुनेछन् । फिल्ममा भद्र भुजेल र रामा मेहराको  मुख्य सहायक निर्देशक, सौरभ लामाको डिओपी, शेखर ज्ञवालीको कथा, तारा प्रकाश लिम्बु, उर्गेन दोङ, मेचु धिमाल र दीपक शर्माको संगीत, रामजी लामिछाने, सुष्मा सोनम र कृष्ण तामाङको कोरियोग्राफी रहनेछ ।

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १५:३७
प्रतिक्रिया दिनुहोस्