Nic Ad Nic Ad
Nic Ad Nic Ad

ताप्लेजुङमा राहत र उद्धारका लागि गृहमन्त्रीको ध्यानाकर्षण

मंगलबार, असार ४, २०८१
samridhi jewllers

काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने समक्ष ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने सांसदहरुले सो जिल्लाका विभिन्न स्थानमा हालै आएको बाढीपहिरोबाट भएको जनधनको क्षतिबारे ध्यानाकर्षण गराएका छन् । बाढीपहिरोमा परी हालसम्म पाँच जनाको मृत्यु तथा ठूलो भौतिक क्षति भइसकेको छ । 

प्रतिनिधिसभाका सदस्यहरू योगेश भट्टराई, उर्मिला थेबे, लीलादेवी बोखिम ९लिम्बू० ले आज उपप्रधानमन्त्रीसमक्ष भेट गरी जिल्लाका दर्जनौँ घरमा भएको क्षतिले सयौँको सङ्ख्यामा मानिस विस्थापित भएको तथा पक्की, झोलुङ्गे र काठे पुल तथा सडकमा भएको क्षतिले यातायातका साधन सञ्चालन हुन नसक्ने गरी विभिन्न स्थानमा आवतजावत तथा यातायातसमेत अवरुद्ध भएको अवगत गराएका हुन् ।

भेटमा गृहमन्त्री लामिछानेले ताप्लेजुङमा परेको विपत्तिबारेमा आफू जानकार रहेको र राहत, उद्धार र पुनःनिर्माणलाई उच्च प्राथमिकतामा राखी स्थानीय तह, प्रदेश सरकार, सङ्घका सरकारी कार्यालयसँगको समन्वय र  सहकार्यमा सबै कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १५:५१
प्रतिक्रिया दिनुहोस्