Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुरक्षण मुद्रणसम्बन्धी विधेयक संशोधन प्रस्ताव स्वीकृत

मंगलबार, असार ४, २०८१

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकले सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । 

samridhi jewllers

बैठकबाट उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे। 

त्यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिइन् । उक्त प्रस्तावमा छलफलका लागि कुनै पनि सदस्यहरू भाग लिन चाहेनन्। 

त्यसपछि मन्त्री शर्माले प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस भन्ने पेस गरेकी थिइन् । राष्ट्रियसभा अध्यक्ष दाहालले गरेको प्रस्ताव सहमतिले पास भएको घोषणा गरेकी हुन् ।  

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १६:३९
प्रतिक्रिया दिनुहोस्