Nic Ad Nic Ad
Nic Ad Nic Ad

सरकारमा जाने हतारो छैन, बजेट पास भएपछि निर्णय हुन्छ : सीके राउत

मंगलबार, असार ४, २०८१

काठमाडौं– जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) ले संघीय सरकारमा जान हतारमा नरहेको बताएका छन् । राउतले बजेट पास भएपछि मात्रै जनमत पार्टी केन्द्र सरकारमा जाने-नजानेबारे छलफल हुने बताए ।

samridhi jewllers

आफू सरकारमा जाने या साथीहरूलाई पठाउने कुरा पनि बजेट पास भएपछि मात्रै निर्णय गर्ने उनले बताएका छन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राउतको विज्ञतालाई ख्याल गरेर परराष्ट्र मन्त्रालय दिने गरी सत्ता गठबन्धनमा छलफल गरिरहेका छन् ।

‘अहिले हामी मधेश प्रदेश सरकारमा छौं । केन्द्रको विषयमा बजेटका कारण छलफल हुन पाएको छैन’, उनले भने, ‘बजेट पास भएपछि मात्रै थप कुरा हुन्छ । म आफैंलाई मन्त्री भएर सरकारमा जान कुनै हतारो छैन ।’

उनले बजेट पास नभएसम्म सरकारमा जानेबारेमा कुनै छलफल नहुने बताए । उनले थपे, ‘पार्टीमा छलफल गरेर साथीहरू जान सक्नु हुन्छ । मैले आफ्नैबारे कुनै चासो व्यक्त छैन ।’

जनमत पार्टीका प्रवक्ता शरदसिंह यादव पनि अध्यक्ष सीके राउतलाई परराष्ट्र मन्त्रीमा पठाउनेबारे सत्ताधारी दलहरूसँग कुनै छलफल नभएको बताए ।

उनले भने, ‘विज्ञताको हिसाबले प्रधानमन्त्रीले चाहना गर्नु भएको होला तर यसबारे सत्ता साझेदार दलहरूसँग कुनै छलफल भएको छैन ।’

अहिले मधेश प्रदेशका जनमत पार्टीका सतिशकुमार सिंह मुख्यमन्त्री भइसकेका छन् । यस्तोमा सीकेले मधेशमै नतिजा निस्किने गरी काम गर्ने योजना बनाइरहेका छन् ।

 

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १६:४३
प्रतिक्रिया दिनुहोस्