Nic Ad Nic Ad
Nic Ad Nic Ad

अनुमतिविना एनजीओको कुनै सहयोग नलिन संघीय संसदको निर्देशन

मंगलबार, असार ४, २०८१

काठमाडौँ- प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षले संघीय संसद अन्तर्गतका सबै समितिलाई बैठकमा गैरसरकारी संस्था (एनजीओ/आईएनजीओ)हरुको कुनै सहयोग नलिन निर्देशन दिएका छन् ।

samridhi jewllers

संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले एक पत्र काट्दै समितिहरूलाई ध्यानाकर्षण गराएका हुन् । पत्रमा भनिएको छ, ‘संघीय संसदको संस्थागत जानकारी एवं अनुमतिविना कतिपय गैरसरकारी संस्था (एनजीओ/आईएनजीओ)हरुले संघीय संसदअन्तर्गतका समितिहरू तथा सचिवालयलाई सहयोग गर्ने, माननीय सदस्यहरूको संलग्नतामा कार्यक्रम गर्ने र यसबाट कानून निर्माण एवं निर्णय प्रक्रियामा प्रभाव पार्ने गरेको भन्ने गुनासा सुनिने गरिएको सन्दर्भमा समय समयमा सतर्क गराउँदै आएको भए तापनि यस्ता गुनासाहरू पुनः आइरहेको हुँदा यस सम्बन्धमा पुनः ध्यानाकर्षण गराउने भन्ने प्रतिनिधिसभाका सम्माननीय सभामुख र राष्ट्रियसभाका सम्माननीय अध्यक्षबाट निर्देशन भएअनुसार जानकारी गराइएको छ ।’

राज्य व्यवस्था समितिको आइतबारको बैठकमा गैरसरकारी संस्थाले खाजा बाँड्दा खैलाबैला भएपछि गृहमन्त्री रवि लामिछाने बैठक छोडेरै हिँडेका थिए । अन्य सांसदहरुले पनि प्रश्न उठाएका थिए । यही विषय बाहिर आएपछि विनाअनुमति कुनै सहयोग नलिन संसद सचिवालयले निर्देशन दिएको हो ।

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १७:४३
प्रतिक्रिया दिनुहोस्