तीन वटा संकटग्रस्त सहकारीको रकम फिर्ता
काठमाडौँ- सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्ड र संकटग्रस्त सहकारी अध्ययन समितिका प्रतिनिधिहरूले संकटग्रस्त तीन वटा सहकारीका बचतकर्ताको रकम फिर्ता भएर समस्या समाधान गरिएको ब्रिफिङ गरेका छन् ।
मंगलबार नयाँ बानेश्वरमा बसेको ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’को बैठकमा उनीहरूले संकटग्रस्त र सार्वजनिक रूपमा प्रश्न उठेका २० वटा सहकारीमध्ये तीन वटा सहकारीका बचतकर्ताको रकम फिर्ता गरेर समस्या समाधान गरिएको ब्रिफिङ गरेका हुन् ।
‘तीन वटा सहकारीको समस्या समाधान गरिएको ब्रिफिङ भएको छ,’ संसदीय छानबिन विशेष समितिका सदस्य लेखनाथ दाहालले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, असार ४, २०८१ १९:४७
प्रतिक्रिया दिनुहोस्