Nic Ad Nic Ad
Nic Ad Nic Ad

यातायातका कर्मचारीसहित भ्रष्टाचार मुद्दा लागेका १६ जनाले पाए सफाइ

मंगलबार, असार ४, २०८१

काठमाडौँ -सर्वोच्च अदालतले नक्कली सवारी चालक अनुमति पत्र बनाएर भ्रष्टाचार गरेको अभियोग लागेका १६ जनालाई सफाइ दिएको छ । 

कम्प्युटर प्रणालीको दुरुपयोग गरी सवारी चालक अनुमति पत्र जारी गरेको अभियोगमा भ्रष्टाचार मुद्दा खेपिरहेका यातायातका कर्मचारीसहित १६ जनालाई सर्वोच्चले सफाइ दिएको हो । 
न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको संयुक्त इजलासले सवारी चालक अनुमति पत्र कार्यालय बागमतीका तत्कालीन निमित्त प्रमुख रामदत्त भट्टसहित सबै अभियुक्तले सफाइ पाउने फैसला सुनाएको छ । उनीहरूलाई विशेष अदालतले पनि सफाइ दिएको थियो । सर्वोच्चले विशेषको निर्णय सदर गरेको हो । 

विशेष अदालतले सबैलाई सफाइ दिएपछि उक्त फैसलामा चित्त नबुझाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च पुगेको थियो । सर्वोच्चले पनि सफाइ दिएपछि यातायातका कर्मचारी पुन जागिरमा फर्कन पाउने भएका छन् ।

२०७१ भदौमा यातायात व्यवस्था कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा घुस लिई ६ महिनाको अवधिमा प्रयोगात्मक परीक्षामा फेल भएका १९७ जनालाई ड्राइभिङ लाइसेन्स दिएको दाबीसहित अख्तियारले मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  २१:५५
प्रतिक्रिया दिनुहोस्