Nic Ad Nic Ad
Nic Ad Nic Ad

६० किलो सुन तस्करी प्रकरण : थप दुई जना पक्राउ दोस्रो चरणको अनुसन्धानमा पक्राउ पर्नेको सङ्ख्या २० जना

बुधबार, असार ५, २०८१

काठमाडौँ- ६० किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर घर भएका मनोज श्रेष्ठ र रूपक भण्डारी छन् ।

भारतमा पक्राउ गरेर उनीहरूलाई काठमाडौँमा ल्याएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)का प्रवक्ता होविन्द्र बोगटीले प्रशासनलाई बताए । उनीहरूको न्युरोडाम सुन रिफाइन पसल सञ्चालन गर्ने भारतीय नागरिक अविजित तानाजिमुली सँग कनेक्सन देखिएको छ । तानाजिमुलीको रिफाइन पसलमा काम गर्ने दुई जना यसअघि नै पक्राउ गरेका थिए ।

दोस्रो चरणको अनुसन्धानमा पक्राउ पर्नेको सङ्ख्या २० जना पुगेको छ ।

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  ०९:१५
प्रतिक्रिया दिनुहोस्