Nic Ad Nic Ad
Nic Ad Nic Ad

पशुपतिनाथको भेटी चोरी प्रकरणमा आज थुनछेक बहस

बुधबार, असार ५, २०८१
samridhi jewllers

काठमाडौं - पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएको भेटी चोरी गर्ने प्रतिवादीका पक्षबाट आज काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस हुने भएको छ। हिजो सरकारी पक्षको बहस सकिएको र आज प्रतिवादीका पक्षबाट बहस हुने अदालतका सूचना अधिकारी मेलिस बास्कोटाले जानकारी दिए।

भेटी चोरीमा पशुपति क्षेत्र विकास कोषका नायब सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मण नवराज घिमिरेसहित सत्यनारायण जोशी, सञ्जय कपाली, कुमार दमाई र अनिल परियार संलग्न छन्। बहस सकिए अदालतले आज उनीहरूलाई थुनामा पठाउने, धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्नेमध्ये एउटा आदेश दिनेछ।


जिल्ला सरकारी वकिलको कार्यालयले यिनै ६ जना विरुद्ध दुई करोड ३० लाख १० हजार रुपैयाँ बिगो माग दाबी गरेर मुद्दा दायर गरेको जिल्ला न्यायाधीवक्ता सन्तोष कटवालले जानकारी दिए। भेटी चोर्ने समूहलाई पाँच वर्षदेखि १० वर्षसम्म कैद र ५० हजार देखि एक लाख रुपैयाँसम्म जरिवानाको माग दाबी गरिएको छ। विगत ६ महिनादेखि संकलित भेटी चोरी गरेको प्रतिवादीले स्वीकार गरेका छन्।

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १०:१२
प्रतिक्रिया दिनुहोस्