नेभिगेशन
समाज विविध
राजनीति

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले सदस्यता नविकरण गर्नुको भावी रहस्य 

काठमाडौं– दुई कार्यकाल नेपालको राष्ट्रपति पदमा आसिन एमाले नेत्री विद्यादेवी भण्डारीले पार्टीको सदस्यता नविकरण गरेकी छन्। एमाले उपाध्यक्ष समेत भइसकेकी उनले सदस्यता नविकरण गनुएको भित्री रहस्यको विश्लेषण गरिएको छ। 

एमालेमा भावी नेतृत्वको निर्विकल्प रुपमा रहेका केपी शर्मा ओलीले एउटा कार्यक्रममा भनेका थिए,‘अब २० बर्षसम्म नेतृत्वमा कसैले आँखा नलगाए हुन्छ।’ तर कदाचित ओलीको विकल्प कोही बन्नुपरे भण्डारी नै आउने आधारका रुपमा भण्डारीलाई हेरिएको छ। 

एमालेको इतिहास रचेका मदन भण्डारीको पत्नी हुनुको कारणले मात्र होइन, उपाध्यक्ष भएको तथा ओलीले पनि चाहेकाले भण्डारी अगाडि आउन सक्ने स्वभाविक अनुमान गर्न सकिन्छ। किनभने, उनको पक्षमा बरिष्ठ उपाध्यक्ष रहेका ईश्वर पोखरेल पनि रहेका छन्। 

तत्कालका लागि एमालेको उत्तराधिकारीका रुपमा महासचिव शंकर पोखरेल देखिए पनि भण्डारीलाई ओलीले अगाडि बढाउने छनक देखाएका छन्। ओलीमात्र होइन ईश्वर पोखरेल पनि भण्डारी नै आगामी नेतृत्वका रुपमा अगाडि आउनुपर्ने मतमा छन्। 

त्यसैले ईश्वर पोखरेलले भन्ने गरेका छन्,‘म जहाँ उभियो त्यहि संस्थापन हुन्छ।’ यसैकारण पनि आगामी महाधिवेशनमा ओलीविरुद्ध नै उम्मेदवार भएको खण्डमा भण्डारीको राजनीतिक सक्रियतालाई अचम्म नमाने हुन्छ। 

‘दुई कार्यकाल अध्यक्ष भइसकेका कारण ओलीको पनि विकल्पको खोजी भित्रभित्रै भइरहेको छ। भण्डारी उम्मेदवार भए नयाँ अचम्म हुँदैन’, एमालेका एक नेता भन्छन्,‘उनी राष्ट्रपति भए पनि निस्क्रिय नहुुनुको यहि रहस्य हो।’

केही समयअघि भण्डारीलाई एमालेले संस्थागत रुपमा नै ठूलो सम्मान गरेको थियो। त्यसबेला पति मदन भण्डारीको सम्झनामा विद्यादेवी भण्डारी केही भावुक भएको देखिएको थियो। 

‘उहाँ पतिको राजनीतिक विरासतलाई तत्काल बिर्सन चहानुहुन्छ। सक्रिय राजनीतिमा रहने नै इचछा देखिन्छ’, उनका केही सहयोगी भन्छन्,‘त्यसैले एमालेका नेता कार्यकर्तासँगको नियमित घुलनको केही न केही अर्थ छ।’

विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउने व्यापक चर्चाका बीच ओलीले त्यस्तो नहुने पनि बताएका थिए। तर, उनले आफ्नो विकल्प होइनचाहिँ भनेका थिएनन्। 

ओलीको उत्तराधिकारीका रुपमा महाधिवेशनअघि ईश्वर पोखरेल, विष्णु पौडेललगायत देखिएका थिए। यद्यपि दुवैजनालाई संगठनमा सक्रिय हुने स्थानबाट अलग राखेर शंकर पोखरेललाई महासचिव बनाइएको थियो। तर, महासचिव पद हुनासाथ उत्तराधिकारी बन्न नसक्ने उदाहरणचाहिँ ईश्वर पोखरेल हुन्। 

उनी दुई कार्यकाल एमालेको महासचिव भए पनि अन्तिममा बरिष्ठ उपाध्यक्षमा नै चित्त बुझाउन बाध्य छन्। यसैकारण पनि भण्डारी ओलीको विकल्पका रुपमा उभिन सक्ने स्वभाविक अनुमान गर्न सकिन्छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा