Nic Ad Nic Ad
Nic Ad Nic Ad

चिकित्सा शिक्षा आयोगका निर्देशक छान्ने प्रक्रिया अघि बढ्यो

बुधबार, असार ५, २०८१

काठमाडौँ- चिकित्सा शिक्षा आयोगको निर्देशक नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले प्रारम्भिक छनोटमा परेका १२ जनालाई अन्तर्वार्ता तथा प्रस्तुतीकरणका लागि डाकेको छ ।

samridhi jewllers

उच्च अदालत पाटनले निर्देशक नियुक्ति प्रक्रिया अघि बढाउन आदेश दिएपछि प्रारम्भिक छनोटमा सफल भएका उम्मेदवारको अन्तर्वार्ता तथा प्रस्तुतीकरणका लागि समितिले असार ८ गते समय तोकेको हो ।समितिको बैठकले प्रारम्भिक छनोटमा परेकालाई अन्तर्वार्ता तथा प्रस्तुतीकरणका लागि बोलाउने निर्णय गरेको हो ।

समितिले प्रारम्भिक छनोटमा परेका डा. कृष्णसागर शर्मा, प्रा. डा. गुरुप्रसाद खनाल, प्रा. डा. दिनेशकुमार लम्साल, डा. भीमसिंह त्रिकरी, प्रा. डा. वन्दना गुरुङ शर्मा, डा. विजयचन्द्र आचार्य, प्रा. डा. सरला श्रेष्ठ, प्रा. डा. सुजनबाबु मरहट्ठा, प्रा. डा. सुदीप आचार्य, प्रा. डा. सुरज बज्राचार्य, प्रा. डा. स्वयंप्रकाश पण्डित, हरिप्रसाद बस्याललाई अन्तर्वार्ता र प्रस्तुतीकरणका लागि बोलाएको छ ।

चिकित्सा शिक्षा आयोग निर्देशकका ४ पद रिक्त छ । समितिले ०८० मंसिरमा माग गरेको निर्देशक पदका विज्ञापनमा २० जनाले आवेदन दिएका थिए । त्यसमध्ये १२ जनाको नाम प्रारम्भिक छनोट (सर्ट लिस्ट)मा परेको थियो ।

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १२:३३
प्रतिक्रिया दिनुहोस्