Nic Ad Nic Ad
Nic Ad Nic Ad

जीवन आचार्यको राजनीतिक उदयमा किन डाहा गर्ने?

बुधबार, असार ५, २०८१

काठमाडौं– कोशी प्रदेश सरकारको मन्त्री बन्दा जीवन आचार्यविरुद्ध माओवादीको एउटा कित्ता नै आवेशमा आएको थियो। तर अर्को समीकरणमा आचार्यले मन्त्री हुन त्यति नरुचाए पनि सांसदका रुपमा नै निर्वाचन क्षेत्र केन्द्रित राजनीतिलाई स्थापित गरिदिए। 

छाटो समयमा नै राजनीतिमा पार्टीभन्दा पनि जनसेवामा सक्रियता देखाउँदा जनप्रिय बनिन्छ भन्ने पात्रका रुपमा आचार्यको उदय भयो। माओवादी केन्द्रका केन्द्रीय सदस्य आचार्य प्रदेश सभाको सांसद भए पनि प्रतिनिधि सभाको सदस्यभन्दा प्रभावी काम गरिरहेका छन्। तर, उनको तुलनामा माखो नमार्ने भने अहिले जलिरहेका छन्। 

उनले आधा खर्बभन्दा बढी बजेट मोरङ जिल्लाका विभिन्न पालिकामा लैजाने मेसो मिलाए। बिराटनगर महानगरपालिकादेखि बुढीगंगा गाउँपालिका, सुन्दर हरैंचा नगरपालिकालगायतमा आचार्यको योगदानको सबैले प्रशंशा गरेका छन्। 

एक स्थानीय भन्छन्,‘काम गर्ने मानिसको बिरोध गर्नुको तुक छैन। पार्टी र सम्बन्धको कुरा होइन सुविधा दिन र जनतासँग जोडिने नेता नै रोजिन्छ। त्यो जीवन आचार्य हुन्।’

गफ मात्र गर्ने तर काममा त्यति ध्यान नदिने रवि लामिछानेको तुलनामा निर्वाचन क्षेत्रमा पर्याप्त काम गर्दै जिल्लामा बजेट ल्याउने आचार्यसँग किन रिसाउने? 

पार्टीमा रहेर पार्टीको बिरोध गर्ने सांसद सुनिल शर्माको वाहवाही गर्दा शेखर कोइरालाले किन निर्वाचन क्षेत्रमा बजेट ल्याउन सकेनन् भन्ने प्रश्न गर्न नसक्नेले काम गरेर देखाउने आचार्यसँग किन डाहा गर्ने? 

गिरीजाप्रसाद कोइरालामात्र होइन, वीपी कोइरालाको राजनीतिक विरासतमा कांग्रेसमा रजगज गरिरहेका शेखरको तुलनामा आचार्यले गरेका कामलाई नातावादी सोच राख्नु मुर्खता हुन्न र? भन्ने जनचासोका प्रश्न छन्। 

आचार्य कोशी प्रदेश सरकारको पर्यटनमन्त्री हुँदा पनि प्रभावकारी काम गरेका थिए। ‘अन्यको तुलनामा आचार्य प्रभावकारी राजनीतिज्ञ भन्ने लाग्छ। उनको बिरोध गर्नु औचित्यहिन कुरा हुन्छ।’

आचार्यको काम देखेर शेखर कोइराला नै चिढिएको विषय सतहमा आएका छन्। कोइरालासँगै सुनिल शर्माृ पनि रिसाएको बुझिएको छ। ‘अरु जे गरुन् आचार्य का मगर्दै जान्छन्। काम गर्नेको नै रिस गरिने हो। नगर्ने जलिरहन्छन्’, सर्वसाधारण भन्छन्।
 

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १३:४०
प्रतिक्रिया दिनुहोस्