Nic Ad Nic Ad
Nic Ad Nic Ad

अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा

बुधबार, असार ५, २०८१

काठमाडौँ- आज बिहानदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।

samridhi jewllers

सिन्धुलीको फिक्कल गाउँपालिका–२ सुम्नामबेँसी, गोलन्जोर गाउँपालिका–१ कुडुले र गोलन्जोर –६ अक्करेभिरमा स्थित सडक अवरुद्ध भएको थियो ।

 

गएराति परेको वर्षाका कारण सडक माथिबाट बगेको लेदो र खसेको पहिरोले अवरुद्ध सडक दुवैतर्फी सञ्चालन गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख, प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए ।

उनका अनुसार स्थानीय पालिकाको सहयोगमा जेसीभीले  पहिरो पन्छाउने कार्य भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १३:४५
प्रतिक्रिया दिनुहोस्