Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतसँगको सीमामा काँडेतार लगाऔँ, पासपोर्ट सिस्टममा जाऔँ : रघुजी पन्त

बुधबार, असार ५, २०८१

काठमाडौँ- नेकपा एमालेका सांसद रघुजी पन्तले भारतसँग खुला सीमा भएको कारणले तराईमा आपराधिक घटना बढेको दाबी गरेका छन्।

samridhi jewllers

प्रतिनिधि सभाको बैठकमा बोल्दै सीमा नाकाहरुलाई व्यवस्थित गरेर काँडेतार लगाउँदै पासपोर्ट सिस्टममा जानुपर्ने उनको भनाइ छ।

 

केही दिनदेखि तराईका जिल्लाहरूमा मानिसहरूमाथि गोली हालेको समाचार आइरहेका छन्। यसको मूल कारण खुला सिमाना हो। त्यसैले खुला सिमानालाई एउटा स्वतन्त्र देशले नियमित र नियन्त्रण गर्नैपर्छ। हामी एकैचोटी पासपोर्टको सिस्टममा नजाऔंला। तर, अहिले राष्ट्रिय परिचय पत्र र नागरिकता पनि दिन थालिएको छ। उताबाट आउँदा पनि भारतसँग आधार कार्ड हेर्न सकिन्छ यताबाट जाँदा पनि नागरिकताको प्रतिलिपि हेर्न सकिन्छ। बिस्तारै त्यहाँबाट सुरु गरेर काँडेतार लगाउँदै सीमालाई व्यवस्थित गर्दै पासपोर्ट सिस्टममा हामी जानैपर्छ। यसका लागि सशस्त्र प्रहरीलाई साधन र स्रोतहरू जवाफहरू र आवश्यक सुविधा दिनुपर्छ। सशस्त्र प्रहरी भएको ठाउँमा मान्छेहरूले सुरक्षित फिल गरेका छन्। त्यसैले तराइमा बिग्रिएको सुरक्षालाई ध्यानमा राखेर आन्तरिक रूपमा नेपाल प्रहरी र सीमाका लागि सुरक्षा प्रहरी विशेष रूपले परिचालन गर्नुपर्छ।’

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १३:५२
प्रतिक्रिया दिनुहोस्