नेभिगेशन
समाज विविध

सदनमा नाङगै भएर मर्यादा कायम नराख्ने सांसद अमरेश सिंह बालेनप्रति किन खनिए?

काठमाडौं– पार्टीको आचरणविपरित काम गरेको भनी नेपाली कांग्रेसबाट कारबाही भोगेपछि स्वतन्त्र रुपमा चुनाव जितेका सांसद अमरेशकुमार सिंह काठमाडौंका मेयर बालेन शाहप्रति खनिएका छन्। 

काठमाडौंको सौन्दर्यताका निम्ति बालेनको डोजर कवाड संकलन केन्द्रमा चलेको विषयलाई लिएर सिंहले प्रतिनिधि सभाको बुधबारको बैठकमा आक्रोशपूर्ण भनाई राखे। 

आकस्मिक समय माग गरी सिंहले कवाड व्यावसायीको पक्षमा उभिँदै बालेनको घरमा फोहोर थुपार्नका लागि अपिल गरेका छन्। 

उनले भने,‘सबै कवाडी र फोहोर महानगर र बालेन शाहको घरमा थुपारौं, म कवाड व्यावसायीलाई यहि अपिल गर्दछु।’

सिंह विवादीत सांसद हुन्। राजनीतिमा लाग्नका लागि माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चाकरी, भारतीय कुटनीतज्ञसँगको भेटघाट गराएका उनीविरद्ध अकुत सम्पत्ति कमाएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी दर्ता रहेको छ। 

बालेनमाथि मात्र होइन स्वार्थका हिसाबमा उनी प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध पनि खनिएका थिए। उनी संसदीय मर्यादाविपरित सदनमा नाङ्गै हुने सांसद पनि हुन्। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता