Nic Ad Nic Ad
Nic Ad Nic Ad

सहकारी संसदीय छानबिन समितिद्वारा कानूनी परामर्श सुरु

बुधबार, असार ५, २०८१

काठमाडौँ- सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले कानूनी परामर्श सुरु गरेको छ ।

samridhi jewllers

बुधबार संसद भवन परिसरमा बसेको संसदीय छानबिन विशेष समितिले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल कानून आयोगलगायतका पदाधिकारीहरूसँग छलफल गरेको हो ।  बैठकपछि जानकारी दिँदै विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल कानून आयोगका सचिवसहितका अधिकारीसँग परामर्श गरेको बताए ।

उनले कानूनी अस्पष्टता, अधिकार क्षेत्रको बाँडफाँटसँग सम्बन्धित विषयलगायतका प्रश्नमा छलफल भएको सुनाए । नेपाल कानून आयोगका सचिव तोयनाथ अधिकारी, नेपाल कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव हिमालचन्द्र अर्याल र नेपाल कानून आयोगका सहसचिव पाराश्वर ढुङ्गानासँग छलफल भएको क्षेत्रीले बताए ।

आन्तरिक प्रतिवेदनहरू संकलनका काम जारी रहेको पनि उनले सुनाए । उक्त समितिलाई २९ वटा समस्याग्रस्त सहकारीमाथि छानबिनको कार्यादेश रहेको छ ।

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १५:४२
प्रतिक्रिया दिनुहोस्