Nic Ad Nic Ad
Nic Ad Nic Ad

महासेनानी दिरेन्द्रकुमार मल्ल बर्खास्त

बुधबार, असार ५, २०८१

काठमाडौँ- नेपाली सेनाका महासेनानी दिरेन्द्रकुमार मल्ल बर्खास्तमा परेका छन् । समरी सैनिक जनरल अदालतले मल्ललाई मंगलबार बर्खास्त गरेको हो ।

सैनिक स्रोतका अनुसार उमेरसम्बन्धी विवादमा मल्ललाई दोषी ठहर गर्दै सैनिक अदालतले बर्खास्त गरेको हो । मल्ल अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघस्थित नेपाली नियोगका सैनिक सहचारीको रूपमा कार्यरत थिए ।

अमेरिकामै रहेकाले उमेरसम्बन्धी विवादबारे उजुरी परेपछि छानबिनका लागि भन्दै सैनिक मुख्यालय जङ्गी अड्डाले मल्ललाई फिर्ता बोलाएको थियो । नेपाल फर्किएपछि सैनिक प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १६:१९
प्रतिक्रिया दिनुहोस्