Nic Ad Nic Ad
Nic Ad Nic Ad
BREAKING

दुबईको डार्क सिटीमा छन् जीबी राई, रवि पक्रन चहाँदैनन्

बुधबार, असार ५, २०८१

काठमाडौं– सहकारी ठगी प्रकरणमा अनुसन्धान र छानबिन भइरहेका गृहमन्त्री रवि लामिछानेका पार्टनर जीबी राई संयुक्त राज्य इमिरेट्स (युएई)मा रहेको क्यानडा नेपालले सूचना प्राप्त गरेको छ। 

samridhi jewllers

संसदीय छानबिन समिति सक्रिय भई काम थालेको दिन नै उनी युएईको एक स्थानमा  ३ सय दिराम तिरेर बसेको पत्तो लागेको हो।

अन्तर्राष्ट्रिय स्रोतका अनुसनर जीबी राई डार्क सिटीस्थित लेबर क्याम्पमा बेड स्पेशको महिनाको तीन सय दिराम तिरेर बसेका छन्।

रास्वपाका एक अन्तर्राष्ट्रिय मञ्चका स्रोतका अनुसार यो कुराको पुष्टि गरिएको हो। उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उनलाई जानी जानी पक्राउ गर्न नमानेको कुरा पनि उनले बताए।

‘जीबी राईका बारेमा हामीले गृहमन्त्रीलाई जानकारी दिएको हो तर खै किन हो पक्राउ गरेनन्। जानकारी दिएको एक महिनाभन्दा बढी भयो’, ति सदस्यले क्यानडा नेपाललाई बताए। 

गरिब जनताको रकम अपचलन गरेको विषयमा चुप लागेर बस्न सकिएन यसैकारण यो जानकारी दिन उपयुक्त ठानेको उनले बताए।  
 

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  २२:०४
प्रतिक्रिया दिनुहोस्