बाघको आक्रमणबाट गोरखामा २ जना घाइते
गोरखा- गोरखामा बाघको आक्रमणबाट २ जना घाइते भएका छन्। पालुङटार नगरपालिका–७ च्याङलिङस्थित बगरखेतमा बुधबार स्थानीय ७६ वर्षीय गनबहादुर कुमाल र सोही ठाउँका ६३ वर्षीय राजमान कुमाललाई बाघले आक्रमण गरेको हो।
बाघको आक्रमणबाट दुबैजना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ। राजमानलाई मर्स्याङ्दी नदीमा माछा मार्न जाँदा र गनबहादुरलाई स्थानीय जंगलमा घाँस काट्न जाँदा बाघले आक्रमण गरेको हो। घाइते दुबैको घाँटी, खुट्टा र शरीरका विभिन्न भागमा चोट छ। राजमानको तनहुँस्थित डुम्रे अस्पतालमा र गनबहादुरको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।
प्रकाशित मिति: बिहीबार, असार ६, २०८१ ०९:२५
प्रतिक्रिया दिनुहोस्