Nic Ad Nic Ad
Nic Ad Nic Ad

श्री एयरलाइन्सले आज काठमाडौं-भरतपुर परीक्षण उडान गर्दै

बिहीबार, असार ६, २०८१

काठमाडौं - श्री एयरलाइन्सले आज काठमाडौं–भरतपुर परीक्षण उडान गर्दैछ । श्रीले प्राविधिकहरुसहित परीक्षण उडान गर्न लागेको हो । भरतपुर विमानस्थल निमित्त प्रमुख दिपक विकले श्री एयरलाइन्सको ८० सिट क्षमताको क्यू ४०० सिरिजको जेट इन्जिन जहाज भरतपुर जाँदैछ ।

samridhi jewllers

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले परीक्षण उडानको औपचारिक रुपमा उद्घाटन गर्नेछन् । श्रीले केही दिन अगाडि भरतपुरमा उडानका लागि नेपाल नागरिक उड्ययन प्राधिकरणबाट अनुमति मागेको थियो ।

भरतपुर विमानस्थलको रनवे छोटो भएको कारणले ७२ सिटे एटिआर जहाज आउन सकेका थिएनन् । तर, श्री एयरलाइन्सको जहाज भने छोटो रनवेमा पनि अवतरण गर्न सक्छ । श्री एयरलाइन्सले नियमित रुपमा भरतपुरमा उडान भरेमा हवाईभाडा घट्ने विश्वास लिइएको छ ।

भरतपुर विमानस्थलमा अहिले बुद्ध एयरले मात्र मात्र नियमित व्यावसायिक उडन गर्दै आएको छ। बुद्धले प्रयोग गर्दै आएको एटीआर-४२ सिरिजको जहाज फेजआउट हुने चरणमा छ।

भरतपुरमा उडान सेवा नै ठप्प हुने देखिएका कारण क्यानले श्रीलाई क्यू-४०० सिरिज जहाज ‘प्रुभिङ फ्लाइट’ गर्न अनुमति दिएको हो।

श्रीसँग हाल क्यू-४०० जहाज ६ वटा, सीआरजे-२०० जहाज २ वटा र सीआरजे-७०० जहाज २ वटा छन्।

 

 

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  ११:०२
प्रतिक्रिया दिनुहोस्