Nic Ad Nic Ad
Nic Ad Nic Ad
पद परित्याग

लिङदेनलाई आदर्श ठान्ने अञ्जनाले जिम्मेवारी मात्र होइन, राप्रपा नै किन त्यागिन्?

बिहीबार, असार ६, २०८१

काठमाडौं– सञ्चारकर्मीका रुपमा स्थापित हुँदै राजनीतिमा सक्रिय रहेकी अञ्जना शाह रावलले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को साधारण सदस्यता समेत त्याग गरेकी छन्। 

राप्रपाको प्रजातान्त्रिक महिला संगठनको अध्यक्ष रहेकी उनले आफूले मात्र होइन परिवारले नै राप्रपा त्याग गरेको समेत बताएकी छन्।

उनी गत वैशाख २५ गते काठमाडौंमा भएको महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएकी थिइन्। जिल्ला अधिवेशनहरू र केन्द्रीय अधिवेशन गरी उनी अध्यक्षमा निर्वाचित भएकी थिइन्।

तर उनलाई संगठनमा काम गर्न कठिन भइरहेको थियो। कतिपय असन्तुष्टिका विषय उनले पार्टी अध्यक्ष राजेन्द्र लिङदेनलाई समेत भनेकी थिइन्।  

प्रजातान्त्रिक महिला संगठनको तदर्थ समिति अध्यक्षमा २०७९ असार २ गते मनोनीत भएर संगठनमा सक्रिय रहेकी थिइन्। उनलाई पार्टीले

समानुपातिक सूचीमा समेत राखेको थिएन। ‘पार्टी काममा नै सक्रिय रहने अठोट छ’, उनले त्यसबेला भनेकी थिइन्।

पार्टीका महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरूङसमक्ष पदबाट राजीनामा दिएको उल्लेख गर्दै सामाजिक सञ्जाल फेसबुकमा राजीनामा पत्र नै सार्वजनिक गरिन्। 

उनले सामाजिक सञ्जालमा पनि राजीनामाबारे भनेकी छन्,‘जीवनको केही समय राष्ट्रिय प्रजातन्त्र पार्टीको विचार र सिद्धान्तलाई बल पुर्याउन सकेको योगदान गरें, अब यो बाटोबाट अघि बढ्ने क्रमलाई आजदेखि विश्राम दिएकी छु। कोही कसैप्रति आग्रह पूर्वाग्रह र गुनासो  छैन। साथ सहयोग र सद्भाव राख्ने सबैलाई सम्झेको छु।’

राजीनामा पत्रको बोधार्थ अध्यक्ष राजेन्द्र लिङ्देन र संयोजित संगठन समन्वय विभागका प्रमुख गोपाल दाहाललाई दिइएको छ। 

anjana-1718861329.jpg
anjana-1-1718861368.jpg
 

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  ११:१४
प्रतिक्रिया दिनुहोस्