नेभिगेशन
समाज विविध
राजनीति

कांग्रेस सभापति देउवाले यसरी गरे विद्यादेवी भण्डारीको तारिफ

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको तारिफ गरेका छन्।

पार्टीनिकट महिला संघको कार्यक्रममा बिहीबार सम्बोधनका क्रममा उनले भण्डारीलाई एउटी सक्षम महिला नेत्री भन्दै तारिफ मात्र गरेनन्, त्यस्तै बन्नका लागि सुझाव पनि दिए।

‘महिलाहरूको समानुपातिक विकासका लागि संसारभरि आवाज उठेको छ। नेपालमा समानुपातिक, समावेशी सहभागिताको अभ्यास भइरहेको छ। विद्या भण्डारी राष्ट्रपति भइन्। भोलिका दिनमा पनि उनीजस्तै नेतृत्व आउन सक्नेछन्। त्यस किसिमको सक्षम, योग्य बन्नुहोस्’, देउवाले भनेका छन्।

भण्डारी नेपालकी पहिलो महिला राष्ट्रपति मात्र होइनन् दुई कार्यकाल उक्त जिम्मेवारीमा रहेकी एक सक्षम नेत्री पनि हुन्। उनी जननेता मदन भण्डारीकी पत्नी हुन्। 

उनको सक्षमताका कारणले नै एमालेले कम्युनिस्ट पार्टी स्थापनाको हिरक महोत्सवमा ठूलो सम्मान गरेको थियो। उक्त कार्यक्रममा देउवा पनि पुगेका थिए। 

तर राष्ट्रपति भएका बेला देउवाबारेमा एउटा सांकेतिक टिप्पणी गरेका कारण भण्डारीको आलोचना पनि भएको थियो। उनले ‘केही नेताज्युहरुले भनेको बुझ्न कठिन हुन्छ’ भनी टिप्पणी गर्दा हाँसो छुटेको थियो। त्यसलाई कांग्रेसले बिरोधको कारण पनि बनायो। 

तर राजनीतिक रुपमा भण्डारीको सफलता उदाहरणीय रहेको भन्दै त्यस्तै मानक बन्न देउवाले भने तारिफ गरिदिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध