Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘छक्का पञ्जा ३’ बन्यो युट्युबमा सर्वाधिक हेरिने नेपाली फिल्म

बिहीबार, असार ६, २०८१

काठमाडौं- ‘छक्कापञ्जा ३’ युट्युबमा सर्वाधिक हेरिने नेपाली फिल्म बनेको छ । यो फिल्मलाई अहिलेसम्म ३ करोड ५१ लाख पटक हेरिएको छ ।

दीपाश्री निरौला निर्देशित यो फिल्ममा दीपकराज गिरी र दीपिका प्रसाईंको शीर्ष भूमिका छ । यो फिल्मले गाउँको विद्यालयमा शैक्षिक सुधारको कथा भन्छ । ‘छक्का पञ्जा ३’ सन् २०१६ मा रिलिज भएको चलचित्र ‘छक्का पञ्जा’ को तेस्रो सिक्वेल हो ।

पहिलो भाग नै ब्लकबस्टर भएपछि निर्माण टीमले सन् २०१७ मा ‘छक्का पञ्जा २’ र २०१८ मा ‘छक्का पञ्जा ३’ रिलिज गरेका थिए । यतिबेला ‘छक्कापञ्जा ५’ को छायांकन चलिरहेको छ ।

काभ्रेको विभिन्न स्थानमा छायांकन भइरहेको यो फिल्ममा दीपक र वर्षा सिवाकोटीको शीर्ष भूमिका छ । पाँचौं श्रृंखलाको रिलिज दशैं छेको अर्थात् २४ असोजमा गर्ने तयारी छ ।

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १३:२१
प्रतिक्रिया दिनुहोस्