नेभिगेशन
समाज विविध
दुरुपयोग

विभागीय प्रमुख श्रेष्ठले दुरुपयोग गरेको गाडी काठमाडौं महानगरले तान्यो, ७ बर्षदेखि श्रीमतीलाई सुविधा! 

काठमाडौं– एक विभागीय प्रमुखले ७ बर्षदेखि दुरुपयोग गरेको कार काठमाडौं महानगरपालिकाले फेला पारेको छ। उक्त कार महानगरले तानेको पनि छ। 

वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठले दुरुपयोग गरेको युरोपियन युनियन (ईयू)ले अनुदानमा दिएको ‘बि एए ४८२०’ नम्बर प्लेटको मारुती सुजुकी कार कार्यालय समयमा बालाजुस्थित निवासबाट बरामद गरेको महानगर उच्च स्रोतले जानकारी दिएको छ। 

गाडी दुरुपयोग गर्ने श्रेष्ठ महानगरका १०औं तहका अधिकृत हुन्। उनले अहिले महानगरबाट फोटोन कम्पनीको अर्को गाडी चढ्दै आएका थिए भने मारुती सुजुकीमा सरकारी नम्बर प्लेट नराखेरै आफ्नी श्रीमतीलाई दिएको फेला परेको हो। 

महानगरपालिकामा परेको उजुरीका आधारमा अनुसन्धान गर्ने क्रममा उक्त गाडी बालाजुमा विभागीय प्रमुखकी श्रीमतीबाट बरामद गरिएको हो। 

गाडीको चाबी श्रेष्ठको श्रीमतीको साथबाट फेला परेको पनि महानगर स्रोतले जनाएको छ। बायोग्यास प्लान्ट सञ्चालनको कामकाजका लागि इयूले सवारी सुविधा दिएको थियो। तर, उक्त प्लान्ट सञ्चालनमा आएको छैन। गोप्य उजुरी परेपछि महानगरले गाडी खोजेको थियो। 

सो क्रममा श्रेष्ठले श्रीमतीको घरको कामकाजका लागि गाडी दिएको र त्यसमा खाद्य सामग्री पनि फेला परेको बताइएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा