Nic Ad Nic Ad
Nic Ad Nic Ad

पोलियो खोप लगाउन छुटेका बालबालिकालाई पुनः खोप

बिहीबार, असार ६, २०८१

काठमाडौं– जनस्वास्थ्य कार्यालय काठमाडौँले पोलियोविरुद्धको ‘आइपीभी’ खोप लगाउन छुटेका बालबालिकालाई पुनः लगाउने भएको छ । 

samridhi jewllers

गत जेठ १३ देखि २६ गतेसम्म सञ्चालन भएको पोलियोविरुद्धको ‘आइपीभी’ खोप अभियानका क्रममा छुटेका बालबालिकालाई पुनः खोप लगाउन थालिएको कार्यालयका प्रमुख डा अर्जुनप्रसाद सापकोटाले जानकारी दिए । 

‘काठमाडौँमा श्रम क्षेत्र र खोला किनारामा पनि कतिपय बसोबास गरिरहेका बालबालिकालाई खोप लगाउन छुटेको छ कि भन्ने हाम्रो अनुमान छ’, उनले भने, ‘त्यस्ता खोप लगाउन छुटेका बालबालिकालाई हामीले पुनः खोप लगाउनेछौँ ।’ उनका अनुसार असार मसान्तभित्र नियमित खोप कार्यक्रम सञ्चालन हुनेछ । उनले खोप केन्द्रमा ती छुटेका बालबालिकालाई प्रत्येक हप्ता खोप लगाइने बताए। 

काठमाडौँ जिल्लामा रहेका ११ स्थानीय तहमा ९७ हजार तीन सय ८० बालबालिकालाई खोप लगाउने लक्ष्य राखे पनि ९२ हजार नौ सय ९८ बालबालिकालाई पोलियोविरुद्धको ‘आइपीभी’ खोप लगाइएको थियो । सरकारले २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका १४ लाख ६२ हजार सात सय १२ बालबालिकालाई पोलियोविरुद्धको खोप ‘आइपीभी’ लगाउने लक्ष्य राखेको छ । 

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १६:४८
प्रतिक्रिया दिनुहोस्