Nic Ad Nic Ad
Nic Ad Nic Ad

सरकारसँगको सहकार्य टुट्दैन : माधव नेपाल

बिहीबार, असार ६, २०८१

महोत्तरी– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको विकास र जनचाहना सम्बोधनका लागि आफ्नो दलले सरकारसँग सहकार्य गरेको बताएका छन् । 

samridhi jewllers

महोत्तरीको बर्दिबासमा समाजवादी प्रेस संगठन नेपालद्वारा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले निश्चित उद्देश्य प्राप्तिका लागि गरिएको सहकार्यले निरन्तरता पाउने उल्लेख गरे । 

‘जनताका आवश्यकता पूरा गर्न र समृद्धिको यात्रा अघि बढाउने उद्देश्यकासाथ सरकारसँग सहकार्य गरिएको हो’, अध्यक्ष नेपालले भने, ‘सरकारसँगको सहकार्य हाम्रा कारणले टुट्दैन ।’

यद्यपि सत्ता गठबन्धनमा सहभागी दलहरूबीच सघन संवाद भने हुन नसकेको उनको गुनासो थियो ।

‘सरकार सञ्चालन गर्न सत्ता गठबन्धन दलहरूबीच सरसल्लाह भइरहनुपर्छ, यो पर्याप्तरुपमा हुन सकेको छैन’, अध्यक्ष नेपालले भने।

गठबन्धन दलहरूबीचको सम्बन्ध जीवन्त राख्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै मुख्य पहलकदमी हुनपर्ने उनको सुझाव छ । पार्टीको महाधिवेशनको तयारीका सिलसिलामा विभिन्न जिल्लाको दौडाहामा रहेका अध्यक्ष नेपाल महोत्तरी आएका हुन् । 

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १७:०८
प्रतिक्रिया दिनुहोस्