त्रिवि प्राध्यापक संघको निर्वाचन समयमै गर्न ६ संगठनको माग
काठमाडौँ - ६ प्राध्यापकहरूको संगठनले त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघको निर्वाचनमा गर्न माग गरेका छन्।
प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालका अध्यक्ष जगत तिमिल्सिना, नेपाल प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष प्रा. डा. बेदराज केसी, एकीकृत प्रगतिशील प्राध्यापक संगठन नेपाल प्रा.ड. गोविन्द सुवेदी, लोकतान्त्रिक प्राध्यापक संघका अध्यक्ष डा. उदय किशोर तिवारी, राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष प्रा. डा. जगदीशचन्द्र भण्डारी, समाजवादी प्राध्यापक संघका महासचिव डा. नरेन्द्रकुमार सिंहले संयुक्त विज्ञप्ति जारी गरेर समयमै लोकतान्त्रिक विधि र प्रक्रिया मार्फत निर्वाचन गर्न माग गरेका हुन्।
विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान समस्याको समाधान गर्ने नेतृत्व छनौट गर्न सकियोस् भन्ने भावनाका साथ यही असार ७ र ८ गते आयोजना गरिएको त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घको निर्वाचनमा सक्रिय सहभागिताका साथ भाग लिई आफ्नो प्रतिनिधि छनौट गर्न सम्पूर्ण प्रतिनिधि प्राध्यापकज्यूहरूलाई अपिल गर्दछौँ।
विश्वविद्यालयका पदाधिकारीले मनोमानी रूपमा विश्वविद्यालयलाई अनेक बहानामा तदर्थवाद र यथास्थितिमा चलाउन क्रियाशील रहेको अवस्थामा आधिकारिक संस्थाको निर्वाचन अपरिहार्य भएको उल्लेख छ।