Nic Ad Nic Ad
Nic Ad Nic Ad

धितोपत्र बोर्डको अध्यक्ष तत्काल नियुक्ति गर्न रास्वपा सांसद् ढकालको माग

बिहीबार, असार ६, २०८१
samridhi jewllers

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको विषयमा संसदमा प्रश्न उठाएका छन् ।

बिहीबार बसेका संसद बैठकको शुन्य समयमा बोल्दै सांसद ढकालले बोर्डको अध्यक्ष नियुक्त नहुँदा लगानीकर्ताहरु मर्कामा परेको बताएका हुन् । उनले तत्काल बोर्डको अध्यक्ष नियुक्त गर्नु पर्ने माग राखेका छन् ।

उनले भने, ‘ नेपालको पुँजी बजारमा ६५ लाख लगानीकर्ता प्रत्यक्ष लगानी गर्छन् । जसको नियामक बनेको नेपाल धितोपत्र बोर्डलाई मैले पुहोर तिर ढिलोपत्र बोर्ड भनेको थिए । गत पुष २१ गतेदेखि बोर्डका अध्यक्ष छैन । माघ ३ गते बसेको मन्त्रीपरिषद्ले अध्यक्ष सिफारिस समिति बनाउँछ । फागुनमा अध्यक्ष माग हुन्छ जसमा १९ जनाको आवेदन पर्छ । चैत २५ गते पाँच जनाको नाम सिफारिस हुन्छ । चैत २५ गतेदेखि पाकेको खिचडि अब त भाग लाउने बेला भयो होला नि ?’

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  २०:३०
प्रतिक्रिया दिनुहोस्