Nic Ad Nic Ad
Nic Ad Nic Ad

ब्राजिलमा बालेनले भने– हामी अन्य सहरसँग सहकार्य र समन्वयको काम गरिरहेका छौं

शुक्रबार, असार ७, २०८१

काठमाडौं– मेट्रोपोलिस सम्मेलनमा ब्राजिलमा सहभागीता जनाएका काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेपालका विभिन्न सहरसँग सहकार्य र सीपको समन्वय गरिरहेको बताएका छन्। 

उक्त सम्मेलनमा बोल्ने क्रममा उनले काठमाडौं महानगरले आयोजना गरेको सीप मेलाको विषयमा पनि व्याख्या गरेका थिए। ‘हामी अन्य सहरसँग सीपको समन्वयमा लाग्यौं, काठमाडौं राजधानीको सहर भएको र धेरै ठाउँबाट मानिस श्रमको खोजी गर्न आउने हुँदा त्यस्तो अवसर मिलोस् भनेर सीपको सहकार्य गरेका हौं’, बालेनले भने। 

सीप सिकेका मानिसहरू स्वरोजगार बन्न सकुन् भन्ने एउटा धारणा रहेको बताएका बालेनले धेरै मानिस श्रमको खोजीमा नेपालबाहेकका देशका सहरमा पुग्ने हुँदा त्यहाँ पनि सहज होस् भन्ने काठमाडौं महानगरको लक्ष्य रहेको बताए। 

दक्षिण एसीयाका देशमा फरक–फरक संस्कृति रहेको बताउँदै उनले भने,‘हाम्रो देशमा १३६ भाषा छन्। विभिन्न प्रकारका आफ्ना संस्कृति छन्। त्यसको उन्नयनका निम्ति पनि महानगर अग्रसर छ।’
 

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  ०९:०८
प्रतिक्रिया दिनुहोस्