Nic Ad Nic Ad
Nic Ad Nic Ad
नेकपा एकीकृत समाजवादी महाधिवेशन

माधव नेपाल र झलनाथ खनाल अध्यक्षका ‘प्रतिस्पर्धी’, घनश्याम भुसालको पोजिशन के हो?

शुक्रबार, असार ७, २०८१

काठमाडौं– सत्ता गठबन्धनमा दुई धारमा देखिए पनि सरकारलाई समर्थन गरिरहेको नेकपा एकीकृत समाजवादीको एक सातापछि हुने नयाँ नेतृत्वको निर्वाचनमा माधवकुमार नेपाल र झलनाथ खनाल अध्यक्षका प्रतिस्पर्धी बन्ने भएका छन्। 

सहमतिमा नेतृत्व चयनको पहल भए पनि खनाल अध्यक्षको पदबाट ब्याक नहुने अडानमा छन्। यसो हुँदा हालका अध्यक्ष नेपालले आफू दोहोरिन्न भने मात्र सहमति हुनेछ। अन्यथा, निर्वाचन पक्का हुनेमा खनाल ढुक्क छन्। 

नेकपा एमालेबाट विभाजन भई माधवकुमार नेपालले पार्टीको औचित्य पुष्टि गर्न नसकेका कारण नयाँ नीति पारित गरी आफू अध्यक्षमा निर्वाचित हुने खनालले बताउने गरेका छन्। 

यसैकारण महाधिवेशनअघि भएका बैठकहरुमा पनि खनालका फरक विचारसहितका प्रतिवेदन प्रस्तुत हुने गरेका थिए। 

खनालले समाजवादी कार्यक्रमबारेको दस्ताबेज प्रस्तुत गरेका थिए। ‘नेपाली क्रान्तिमा यो दस्ताबेज पारित हुन्छ, नेता कार्यकर्ताले नेतृत्व परिवर्तनको माग पनि गर्नुभएको छ। यसकारण आगामी नेतृत्वका निम्ति म तयार छु’, खनालले भन्ने गरेका छन्। 

तर नेतृत्वबाट माधवकुमार नेपाल पनि ‘ब्याक’ हुने स्थिति नरहेको उनी पक्षधर उपाध्यक्ष बेदुराम भुसालले बताएको सतहमा आएको छ। भुसालले भनेका छन्,‘विभाजनपछि पार्टी जसले बनायो उसले फेरि नेतृत्व लिनेछ। पार्टीको औचित्य बनिसकेको छ, त्यसलाई जोगाउने दायित्वका लागि मौका दिनुपर्छ।’

यसअघि अध्यक्ष पदका निम्ति महासचिव घनश्याम भुसालको पनि चर्चा थियो। नेपाल र खनाल दुवै जना ब्याक हुने अवस्था छैन। यस्तो अवस्थामा तेस्रो धारका रुपमा रहेका भुसाल आफैं अध्यक्षका लागि तयार बन्लान् या कसलाई सघाउलान्?
 

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  ०९:३२
प्रतिक्रिया दिनुहोस्