Nic Ad Nic Ad
Nic Ad Nic Ad

भीरको बाटोमा सिस्नु समाउँदै हिँडिरहेका छौं : रवि लामिछाने

शुक्रबार, असार ७, २०८१

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरू उद्देश्यमा अडिग रहेको बताएका छन् ।

samridhi jewllers

रास्वपाको दोस्रो स्थापना दिवसका अवसरमा शुभकामना दिँदै उपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेले कैयौँ कठिनाइ चिर्दै आफूहरू अघि बढेको र गन्तव्यमा स्पष्ट रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘बाटोमा त कहिले पहिरो जान्छ, कहिले ढुंगा खस्छ । आमनागरिक एवं रास्वपा परिवारका तमाम सदस्य, शुभचिन्तकहरूको आशा र अपेक्षासहितका अग्लाअग्ला पहाडहरू काँधमा बोकेर हामी अहिले भीरको बाटोमा सिस्नु समाउँदै हिँडिरहेका छौँ ।’ साथै उनले विभिन्न परिस्थितिको सामना गरिसकेको बताउँदै वैचारिक स्पष्टतासँगै राजनीतिक परिपक्वता हासिल गर्दै आफूहरू अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

‘हामी हाम्रो यात्रामा अविचलित छौँ । सम्झ्नुस् त, देश तथा विदेशका टोलटोल, बस्तीबस्तीका आममान्छेको आवाज बोल्दाबोल्दै त्यो आवाजलाई ‘घण्टी’मा रूपान्तरण गरेर दुई वर्षमा हामी हल्ला नै नगरी सिंहदरबार पसिसक्यौँ,’ उनले भनेका छन् । उनले अगाडि लेखेका छन्, ‘२१ सांसदले एक वर्षमा सिंगो सदनको ध्यान तान्यौँ, चार मन्त्रीले सिंगो देशको ध्यान तान्दै छौँ ।’

 

 

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  ११:४८
प्रतिक्रिया दिनुहोस्