Nic Ad Nic Ad
Nic Ad Nic Ad

केजरीवालको जमानतविरुद्ध इडीको उच्च अदालतमा रिट, आजै सुनुवाइ हुँदै

शुक्रबार, असार ७, २०८१

काठमाडौं– दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई जमानत दिने ट्रायल कोर्टको आदेशबिरूद्ध प्रवर्तन निर्देशनालय (ईडी)ले दिल्ली उच्च अदालतमा रिट दायर गरेको छ ।

ईडीले यस मुद्दाको तुरुन्त सुनुवाइ गर्न माग गर्दै रिट दायर गरेको छ भने उच्च अदालतले ईडीको याचिका सुन्न तयार भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

यो सुनुवाइपछि मात्रै अरविन्द केजरीवाल आज रिहा हुने कि नहुने स्पष्ट हुनेछ ।

केजरीवललाई राउज एभिन्यू अदालतले बिहिबार जमानतमा रिहा गर्ने आदेश दिएको थियो । दिल्लीको रक्सी नीति घोटालाको मनी लान्ड्रिंग मुद्दामा अदालतले जमानत दिएको थियो । बिहिबार प्रवर्तन निर्देशनालय (ईडी) ले जमानत विरुद्ध अपील गर्न ४८ घण्टाको समय मागेको थियो तर राउज एभिन्यू अदालतले सो अस्वीकार गर्दै शुक्रबार उच्च अदालतले यो विषयमा हेर्न सक्ने बताएको थियो । 

अदालतले दिल्लीका मुख्यमन्त्रीलाई १ लाख रुपैयाँको जमानत बुझाउन भनेको छ । यसअघि सर्वोच्च अदालतले केजरीवाललाई लोकसभा चुनावका लागि २१ दिनको अन्तरिम जमानत दिएको थियो । केजरीवाल सर्वोच्च आदेश अनुसार जुन २ मा जेलमा हाजिर भएका थिए ।

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १२:४४
प्रतिक्रिया दिनुहोस्