Nic Ad Nic Ad
Nic Ad Nic Ad

वैदेशिक रोजगारीमा जानेलाई ठगी गर्नेविरुद्ध उजुरी बढ्दै

शुक्रबार, असार ७, २०८१

नेपालगन्ज– बाँकेमा वैदेशिक रोजगारीमा जानेलाई ठगी गर्नेविरुद्ध उजुरी गर्ने सङ्ख्या बढ्दै गएको छ । 

samridhi jewllers

सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत जिल्ला प्रशासन कार्यालय बाँकेमा सञ्चालित आप्रवासी स्रोत केन्द्रमा आर्थिक वर्ष २०७७-०७८ मा आठ उजुरी परेकामा आव २०८०-०८१ मा त्यो सङ्ख्या ४७ पुगेको सामी कार्यक्रम बाँकेका संयोजक कमलसिंह नेपालीले जानकारी दिए। यो कार्यक्रम यहाँका चार स्थानीय तहमा सञ्चालित छ । 

वैदेशिक रोजगारीमा जानेलाई एउटा काम भनेर अर्को काममा लगाउने, एउटा कम्पनी भनेर अर्को कम्पनीमा लैजाने र जानुपूर्व दिने भनिएको तलबभन्दा न्यून तलब दिने समस्या रहेको बताइएको छ । 

‘सामी कार्यक्रम सञ्चालन भएपछि स्थानीयमा चेतना जागृत भएको अवस्था छ, त्यही भएर उजुरीको सङ्ख्या बढेको छ’, संयोजक नेपालीले भने । कतिपय ठगीका उजुरीमा जिल्ला प्रशासनले पीडित र पीडकलाई बोलाएर क्षतिपूर्ति दिलाएर मिलापत्र गराउने र नमिलेमा वैदेशिक रोजगार विभाग पठाउने गरेको उनले बताए। 

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १२:५०
प्रतिक्रिया दिनुहोस्