नेपाली हुन सेनको तिव्र उदय
एकताका नेपाली प्रिन्ट मिडियाको कभर स्टोरीमा ‘बाहुबली’ फिल्मका मुख्य पात्र (अमरेन्द्र, महेन्द्र बाहुबली)को आकारमा एमाले अध्यक्ष केपी शर्मा ओलीको तस्बिर छापियो। त्यसबेला उनी प्रधानमन्त्री थिए, ०७९ को निर्वाचन र प्रतिनिधि सभा विघटनअघि।
बाहुबली भन्दा पनि ओलीलाई रिलको होइन रियल पात्रको तिव्र उदयको रुपमा पाइन्छ। उनी नेपाली हुन सेनको पथमा छन् तर प्रचारचाहिँ ली क्वान युको गर्न लगाउँछन्।
कम्बोडियाका तत्कालिन प्रधानमन्त्री हुन सेन अति साधारण परिवारमा जन्मिएका हुन्। एक पुजारीको तेस्रो सन्तानका रुपमा हुन सेन जन्मिएका थिए। यीन शक्तिमा आउनुपूर्वको यात्रा रोचक छ। यी बटालीयन कमान्डरका रुपमा कार्यरत थिए। यीनि भियतनामले प्रशिक्षार्थी या उपयोग गरेको सेनाको कमान्डरका रुपमा काम गर्ने मध्येमा पर्छन्।
१९८५मा अनेक राजनीतिक हत्कन्डाहुँदै यीनि प्रधानमन्त्री बनेका थिए। एम्नेस्टी इन्टरनेशनलले सन् १९८७ मा हुनसेन सरकारले हजारौं कैदीलाई ‘इलेक्ट्रिक सक’ दिएर, तातो ईस्त्रीले पोलेर यातना दिएको भनी रिपोर्ट सार्वजनिक गरेको थियो।
हुन सेनका मानवअधिकारविरुद्धका अनेक प्रकरण छन्। यस्तै, राजनीतिक दलको बहुमतका नाममा उनी हालसम्म पनि कम्बोडियाका कार्यकारी प्रमुखका रुपमा बसिरहेका छन्। अर्को, आउने प्रजातान्त्रिक मार्ग खोले पनि रणनीतिक बाटो छैन। यीनि कम्युनिस्ट विचारधारामा नै आफूलाई विश्वास राख्ने मध्यमा पर्छन्।
एउटा सत्ताको कार्यकारी प्रमुखले चाहँदा ली क्वान या हुन सेन दुवै बन्न सक्छ। दुवैको लामो सत्ता हो। ली क्वानलाई जनताले खुशीसाथ सत्तामा टिकाए र विकासको नयाँ आयाममा आफूलाई उभ्याए। फलतः सिंगापुर संसारकै उत्कृष्ट मध्येको एउटा मुलुक हो जहाँ डोनल्ड ट्रम्प र किम जोङको पहिलो वार्ता समेत हुन सक्छ। कम्बोडियाको विश्व मानचित्रको व्याख्या के छ? आखिर त्यहाँ पनि लामो सत्तामा छन्, हुन सेन। उनी आफ्ना लागि सफल छन् तर जनताको निम्ति सफल हुन् त?
ओली तीन पटक प्रधानमन्त्री बने। ०७९ को निर्वाचनपछि दुई पटकसम्म उनको सत्तामा बलियो पकड छ। अहिलेको सरकार पनि उनको बलमा टिकेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल एउटा मुखौटा मात्र जस्तो देखिन्छन्।
सत्ताको प्रमुख पद राजनीतिक सपनाको सबैभन्दा उँचो स्थान हो। यो स्थानले मानिसलाई दुईथरी अर्थमा विभाजित गर्न सक्छ। पहिलो नीजि सपना पूरा भएको अहंकारको थुप्रोमाथि उभिएको अभिमानी र अर्कोचाहिँ समग्र सपनाहरूलाई साकार बनाउने भाग्यमानी।
संसारमा गरिब परिवार वा अति सामान्य अवस्थामा राजनीतिको यो प्रमुख विन्दुमा उभिएकाहरू शासक मात्र बनेका छैनन्, तानाशाहीका रुपमा नै खरो उत्रिएका छन्, अधिक। तिनलाई आफ्ना सपनाहरूको माया लागेर आउँछ, अन्यका सपना तुच्छ लाग्न थाल्छन्, शक्ति केन्द्रमा उभिएपछि।
त्यस्ता मानिसहरू तानाशाही प्रवित्तिको पारखी हुन्छन्। वरिपरि दुई–चार जना हुक्के, चिलिमे र कुरौटे भएनन् भने निद्रा लाग्दैन। शक्तिका अनेक विकेन्द्रिकरणमा रहेका उच्च ओहदाका मानिसहरूले सलाम मात्रै ठोकुन् भन्ने भ्रमको एउटा अनौठो जालोको घेराबन्दीमा हुन्छन्।
यसका प्रमुख उदाहरण हुन्, विश्वविख्यात हिटलर। यस्तै कर्णेल गद्दाफी, सद्दाम हुसैनहरू पनि यस प्रवित्तिका उदाहरण हुन्। यीनको शैली र तरिका, अहंकार र अभिमानका कारण दर्दनाक मृत्युका कथा समाचारमा देखियो इतिहासमा पढियो।
सपनाहरूको चाङ ठूलै हुन्छ– साधारण मानिस हुँदा। ति सपनाका खुड्किला मिहेनत वा षडयन्त्रका अनेक खेलले जब पूरा हुन्छन्, सत्ताको मात खरो बन्दै जान्छ। त्यसका नेपाली उदाहरणका पात्र थिए, जंगबहादुर राणा। त्यसको अर्को उदाहरणका पात्र हुन् तत्कालिन राजा सुरेन्द्र शाह।
नेपाली दिनदैन्यले स्वतन्त्रताको खोजीनीति गरिरहेको सन्दर्भमा उदय भएको वीपी कोइरालाको। कोइरालाको स्वतन्त्रताको आन्दोलनपछि यस्ता शासकका रुपमा उदय भए– राजा महेन्द्र। कारण थियो– प्रजातन्त्रको दुरुपयोग र सत्ताको गलत उपयोग। राजा महेन्द्रलाई पनि शक्तिको आशक्तिले निक्कै उन्माद बनाएको थियो। उनले विकासका केही आधारशिला तयार पारे तर शासकीय स्वरुपलाई जनमैत्री बन्न दिएनन्।
त्यसपछिको राजनीतिक परिवर्तन र शासकीय शैली, स्वरुपका विषयमा सबैले रटान लगाएर बुझेकै हुनुपर्छ। अब हाम्रो यौवनले पाएको परिवर्तनको विषय र अहिलेको राजनीतिक व्यक्ति र चरित्रको चित्रणबारे व्याख्या गरौं।
०६२ यता देशले काँचुली फेर्ने यात्रा तय गर्दागर्दै काचुलीको पोको बोकेर ०८१ सम्म आइपुग्यो– हाम्रो पुस्ता। नयाँ–नयाँ नेता, नयाँ–नयाँ व्यापारी, नयाँ–नयाँ दलाल पूँजीपति, नयाँ–नयाँ चिन्तकको उदय भयो। मुलुक नयाँ बनेको अनुभूती भएन। किनभने, काँचुली राजनीतिक दलको पोल्टामा छ, फेर्ने अवसर पाएका छैनन्।
सपनाका अनेक पोका बोकेर शक्तिशाली प्रधानमन्त्रीका रुपमा ६ बर्षअघि उदय भयो ओलीको। अति साधारण परिवारका उनी रामनाथ दाहालको कम्युनिस्ट कित्तामा उभिँदा मारिनबाट जोगिए, जेल परे। अनेक सपनाहरूको खाका जेलमा तयार पारे। समयकाल र परिस्थिति उनको अनुकुल बन्दै गयो।
उनमा पनि सपना छन्। उनका नजिकका मानिसहरूले ति सपनाका बाछिटालाई जनसामु देखाउने कोशीश गरे। ओलीलाई लि क्वान जस्तो नेता बन्ने रहर थियो। अझै पनि होला। तर माथि नै भनिसकें उनका प्रधानमन्त्री भएको बेला वा अहिले एमालेको अध्यक्ष कायम रहेको अवस्थामा होस्। वा सत्ता गठबन्धनको प्रमुख दलको नेता भएका बेला, उनी हुन सेनको पदचापबाट अलग छैनन्।
सचिवालयमा रहेका मानिसका विवादीत हर्कत, मन्त्रीमण्डलमा रहेका भ्रष्टाचारका कथा, खुलेआम एउटा मात्रै नीजि कम्पनीका लागि दिइएका अनेक ठेक्का प्रकरणले ओलीको ली बन्ने सपनाको यात्रा तय भएको जस्तो लाग्छ? प्रतिव्यक्ति आयमा घट्नु, व्यापार घाटाले पराकाष्ठ व्यहोर्नु, राजनीतिक हत्कण्डा र विवादीत मानिसलाई जिम्मेवारी दिनू लीको बाटो पक्कै होइन।
०७९ को निर्वाचनमा परिवर्तनको झिल्को जस्तो देखिएको हो। तर, त्यसले पनि राम्रोसँग खुट्टा टेक्न पाएको छैन। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबाहेक त्यहि पदचापमा उदय भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)चाहिँ ओलीको लहरोका रुपमा परिवर्तन हुन बाध्य भयो। यसरी परिवर्तन सम्भव हुँदैन, बरु ओलीको हुन सेन छविको उदयमा तिव्रता दिन्छ।
किनभने एमालेभित्र पनि उनले लोकतान्त्रिक पद्दतीको बाटो बन्द गरे। १० औं महाधिवेशनमा ओलीलाई चुनौती दिने भिम रावललाई किनारामा राखेका छन्। यति मात्र होइन अझ २० बर्ष कसैले अध्यक्षमा नचिताए हुन्छ भन्ने उनको बोलीको भाका पक्कै पनि हुन सेनको आत्मा छिरेको प्रतीत हुँदैन र?