Nic Ad Nic Ad
Nic Ad Nic Ad

संघीय निजामती सेवा विधेयक चालु वर्षे अधिवेशनबाटै पारित गरिने

शुक्रबार, असार ७, २०८१

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवासम्बन्धी विधेयक चालु वर्षे अधिवेशनबाट पारित गर्ने बताएका छन् ।  

शुक्रबार मन्त्रालयमा मन्त्री भएको सय दिनको अवसरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री जोशीले वर्षे अधिवेशनमा निजामती विधेयक पारित गराउन कुनैपनि हालतमा मन्त्रालय प्रतिबद्ध रहेको बताएका हुन् ।

उनले धेरै छलफलको माग भएकाले सो विधेयक समयमै संसदबाट पारित हुन नसकेको स्पष्टीकरण पनि दिए । मन्त्री जोशीले सो विधेयकलाई टुङ्गो लगाउन सरकारले सरोकारवाला पक्षसँग पनि फेरि छलफल गर्ने बताए । उनले सबै सरोकारवालाहरूसँगको परामर्शमा विधेयकलाई टुङ्गो लगाउन आफूहरू लागि परेको बताए ।

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १६:३४
प्रतिक्रिया दिनुहोस्