Nic Ad Nic Ad
Nic Ad Nic Ad

काँग्रेसको अवरोधपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित

शुक्रबार, असार ७, २०८१

काठमाडौँ - लुम्बिनी सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रदेश सभा बैठक अवरुद्ध गरेको छ ।

प्रदेश सभाको चौथो अधिवेशनको १५औँ बैठकमा काँग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले सत्ता पक्षले एकलौटी ढंगले संघीयताविरोधी बजेट ल्याएको बताएपछि काँग्रेस सांसदहरूले बैठक अवरुद्ध गरेका थिए ।

काँग्रेसको विरोधपछि सभामुख तुलाराम घर्तीले दलहरूबीच सहमतिका लागि आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए । तर दलहरूबीच सहमति नजुटेपछि प्रदेश सभा ९ गतेसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको छ ।

बैठकमा बोल्दै काँग्रेस संसदीय दलका नेता चौधरीले सरकारले वित्तीय अनुशासन उल्लंघन गरी मनपरी ढंगले बजेट बाँडेको, दिगो विकास लक्ष्यलाई बेवास्ता गरेको, सत्ता पक्षका सांसद र मन्त्रीका गोजीका योजना रातो किताबमा राखेर बजेट दुरुपयोग गरेको बताएका थिए । उनले बजेट नसच्याएसम्म प्रदेश सभामा अवरोध जारी रहने बताए ।

आगामी वर्षको बजेटमाथि लुम्बिनी प्रदेश सभामा बिहीबारबाट छलफल सुरु भएको थियो । हिजो पनि अधिकांश सांसदहरूले बजेट मन्त्रीमुखी भएको आरोप लगाएका थिए ।

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १८:३१
प्रतिक्रिया दिनुहोस्