Nic Ad Nic Ad
Nic Ad Nic Ad

गोर्खा बुअरीलाई विभागले तिरायो २ लाख रुपैयाँ जरिवाना

शुक्रबार, असार ७, २०८१

काठमाडौँ - श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले गोर्खा बुअरीलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ । 

इजाजत पत्र नभएको आपूर्तिकर्तामार्फत श्रमिक आपूर्ति गरी गैरकानूनी रूपमा काममा लगाएको भन्दै विभागले कारबाही स्वरूप जरिवाना गरेको हो । 

उक्त विषयमा विभागले स्पष्टीकरण माग गरेको थियो । स्पष्टीकरण नदिई श्रमिक आपूर्ति गर्ने काम गरेको भन्दै श्रम ऐन, २०७४ को दफा १६३९(क) अनुसार दुई लाख जरिवाना गरिएको विभागका निर्देशक मणिनाथ गोपले बताए । उक्त जरिवाना रकम १५ दिनभित्र दाखिला गर्नुपर्ने र गैरकानूनी रूपमा भइरहेको काम रोक्न समेत निर्देशन दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १८:३४
प्रतिक्रिया दिनुहोस्