Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रभु बैंकका ग्राहक र कर्मचारीले बन्दिपुरका विभिन्न होटल तथा रेस्टुरेन्टहरूमा छुट पाउने

शुक्रबार, असार ७, २०८१

काठमाडौ - प्रभु बैंक लिमिटेडका ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा कर्मचारीका परिवारले बन्दिपुरका विभिन्‍न होटल तथा रेस्टुरेन्टहरूमा छुट पाउने भएका छन्। बैंकले बन्दिपुरका ९ होटल तथा रेस्टुरेन्टहरूसँग यससम्बन्धमा सम्झौता गरेको छ।

बैंकले बन्दिपुर ईको होटल प्रालि, हेरिटेज गेष्ट हाउस एन्ड रेस्टुरेन्ट, होटल दरबार हिमालय, फाल्चा खाजा घरसँग सम्झौता गरेको छ। त्यस्तै, बहिदार घर क्याफे, गुड होटल प्रालि, हिल्स सेभेन रेस्टुरेन्ट एण्ड लज, होटल तिनधारा, वल्ड हाउस क्याफे एन्ड लजसँग पनि बैंकको सम्झौता भएको छ।

छुट्टाछुट्टै कार्यक्रमका बीच सम्पन्‍न सम्झौतामा बन्दिपुर ईको होटल प्रालिको तर्फबाट निर्देशक सूर्य प्रसाद ढकाल, हेरिटेज गेष्ट हाउस एन्ड रेस्टुरेन्टका प्रोपाइटर संगीता प्रधान, होटल दरबार हिमालयका प्रोपाइटर सीर कुमारी गुरुङ, फाल्चा खाजा घरका प्रोपाइटर मिनु प्रजापति, बहिदार घर क्याफेका प्रोपाइटर प्रतिमा श्रेष्ठ, गुड होटल प्रालिका निर्देशक विश्वप्रकाश सुल्पे, हिल्स सेभेन रेस्टुरेन्ट एन्ड लजका प्रोपाइटर रबी शान्ति पिया, होटल तीनधाराका प्रोपाइटर सुमन सन श्रेष्ठ, वल्ड हाउस क्याफे एन्ड लजका प्रोपाइटर नन्दा पिया र प्रभु बैंक लिमिटेडका तर्फबाट डुम्रे शाखाका शाखा ईन्चार्ज बिटु माया बस्नेतले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन्।

 

सम्झौताअनुसार प्रभुका ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा कर्मचारीका परिवारले होटल तथा रेस्टुरेन्टमा उपलब्ध सेवाहरुमा ५ प्रतिशतदेखि २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। साथै बैंकका कर्मचारी तथा ग्राहकहरूले बैंकसँगको आबद्धताको प्रमाणको आधारमा पनि यो सुविधा सहजै प्राप्त गर्न सकिने बताइएको छ।

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १९:२५
प्रतिक्रिया दिनुहोस्