Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘बिचौलियाका कारण दुग्ध किसान समस्यामा’

शुक्रबार, असार ७, २०८१

काठमाडौँ- कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले बिचौलियाले गर्दा वास्तविक दुग्ध किसान भुक्तानीको समस्यामा परेको बताएका छन् । कृषि तथा पशुपन्छी मन्त्रालयमा भएको कृषि समितिको बैठकमा आज उनले दुग्ध विकास संस्थानका केही कर्मचारीको दादागिरीका कारण समस्या समाधान गर्न जटिल भएकोसमेत सुनाए ।

उनका अनुसार संस्थानमा नौ सय कर्मचारी छन् जसमा छ सय स्थायी र तीन सय करारका छन् । करारका कर्मचारीले राम्रोसँग काम गरिररहेको भए पनि स्थायी कर्मचारीमा दादागिरी प्रवृत्ति देखिएको उनको भनाइ छ । “कहीँ नभएको जात्रा दुग्ध विकास संस्थानमा देखिएको छ”, उनले भने, “अब एक–दुई महिनाभित्र म सुधार गर्छु । यसका लागि ठूलै मूल्य चुकाउन परे पनि चुकाउँछु ।” बैठकमा उहाँले किसानलाई न्याय दिन संस्थानका कर्मचारी सुधार्न जरुरी रहेको बताए । उनले मल वितरण प्रक्रियामा केही समस्या भए पनि यो पटक रोपाइँ गर्न मल अभाव नहुने जानकारी दिए ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टी एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन केन्द्रीय विभागद्वारा कृषिमन्त्रीसमक्ष ‘ध्यानाकर्षण पत्र’ बुझाइएको थियो । विभागका प्रमुख एवं पुर्व राज्यमन्त्री जितु गौतमले ध्यानाकर्षण पत्र बुझाउँदै किसानको हितमा उल्लेख गरिएका बुँदा छिट्टै कार्यान्वयन गर्नुपर्ने बताए ।

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  २०:००
प्रतिक्रिया दिनुहोस्