Nic Ad Nic Ad
Nic Ad Nic Ad

अष्ट्रियासँग पोल्याण्ड पराजित

शनिबार, असार ८, २०८१

काठमाडौं– जर्मनीमा जारी युरोकप फुटबलमा अष्ट्रियाले पहिलो जित निकालेको छ । गएराति भएको समूह ‘डी’ को खेलमा पोल्याण्डलाई ३–१ गोलले हराउँदै अष्ट्रिया विजयी भएको हो ।

अष्ट्रियाका गेर्नोट ट्राउनर, क्रिस्टोफ बाउमगार्टनर र मार्को एर्नाउटोभिकले एक–एक गोल गरेका थिए भने पोल्याण्डका क्रिस्जटोफ पिएटेकले एक गोल फर्काएका थिए ।

खेलको नवौँ मिनेटमा अष्ट्रियाका ट्राउनरले सुरुवाती गोल गरेका थिए । तर ३०औँ मिनेटमा पोल्याण्डका क्रिस्जटोफले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि ६६औँ मिनेटमा बाउमगार्टनर र ७८औँ मिनेटमा एर्नाउटोभिकले गोल गर्दै अष्ट्रियालाई ३–१ गोलको अग्रता दिलाए ।

यो जितसँगै दुई खेलबाट अष्ट्रियाले ३ अंक जोडेको छ । पराजित भएको पोल्याण्ड अंकविहीन हुँदै युरोकपबाट बाहिरिने पहिलो टोली बनेको छ ।  यो समूहमा रहेका नेदरल्यान्ड्स र फ्रान्सको ४–४ अंक छ ।

अब अष्ट्रियाले समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग र पोल्यान्डले फ्रान्ससँग खेल्नेछ ।

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  ०७:०१
प्रतिक्रिया दिनुहोस्