Nic Ad Nic Ad
Nic Ad Nic Ad

मुग्लिङ–नारायणगढ सडक एकतर्फी खुला

शनिबार, असार ८, २०८१

चितवन -पहिरोका कारण अवरुद्ध भएको मुग्लिङ–नारायणगढ सडक खण्डमा एकतर्फी गाडी सञ्चालनमा आएका छन् । पहिरो आंशिक रूपमा पन्छाएपछि बाटो एकतर्फी रूपमा खुला भएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ । 

एकतर्फी खुला भएको बाटो पूर्ण रूपमा सञ्चालनमा आउन केही घण्टा लाग्ने बताइएको छ । दुईतर्फी सवारी सञ्चालनका लागि पहिरो पूर्ण रूपले पन्छाउने काम भइरहेको छ । 

गएराति १ः१० मा सिमलताल नजिक आएको पहिरोले सडक पूर्ण रूपले अवरुद्ध भएको थियो । 

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  ०७:४२
प्रतिक्रिया दिनुहोस्